२७ कार्तिक

लहान । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जितेन्द्र नारायण देवले लोकतन्त्र र संविधान रक्षाका लागि नेपाली कांग्रेसले जित्नै पर्ने बताएका छन् ।

नेपाली कांग्रेस, सप्तरीद्वारा आएतबार जिल्लाको सारस्वरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै मन्त्री देवले आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेसले चुनाव नजिते लोकतन्त्र, संघीयता, संविधान र अहिलेसम्मका सबै उपलब्धी समाप्त हुने खतरा रहेको बताए ।

राष्ट्रिय एकता र मुलुकको समृद्धिका लागि संविधान संशोधन आवश्यक भएको उल्लेख गर्दै मन्त्री देवले काँग्रेस विजयी भएमात्र संविधान संशोधन सम्भव हुने जिकिर गरे ।

लोकतन्त्रको सुदृढीकरण, संविधान संशोधन, राष्ट्रिय एकता र आर्थिक विकास कांग्रेसको नेतृत्वमा मात्र सम्भव हुने भएकाले यी नाराहरु लिएर जनताका बीचमा जान कार्यकर्ताहरुलाई उनले निर्देशनसमेत दिए ।

सभामा सप्तरी क्षेत्र नंं. ४ का प्रतिनिधिसभातर्फका उमेदवार तेजुलाल चौधरीले सामन्तवाद र साम्यवादविरुद्ध आफू चुनावी मैदानमा उत्रिएको बताए