२५ कार्तिक
पर्वतमा नेपाली काँग्रेसको टोलीले आज रानीपानी र वर्राचौरमा घरदैलो र कोणसभा गरेको छ । आगामी प्रतिनिधी सभा र प्रदेशसभाको निर्वाचन केन्द्रित चुनावी प्रचार कार्यक्रम अन्तर्गत रानीपानी र वर्राचौरमा भएको कोणसभामा वोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधी सभाका उम्मेदवार अर्जुनप्रसाद जोशीले लोकतन्त्रको रक्षा, जनतामा समृद्धि र गाउँ गाउँमा विकास हेर्न जनता आतुर रहेको वताउनुभयो । यि सबै कुरा प्राप्ती गर्न रुखमा भोट हालेर लोकतन्त्रवादी नेतृत्वलाई विजयी गराउन उहाँले आग्रह गर्नुभयो । जनतालाई उधारा आस्वशन मात्र वाँढेर नभई काम गर्न सक्ने कूरा गरेर आफु विजयी हुने जोशीले वताउनुभयो । ‘मैले वोलेका कुरा पुरा गर्ने गरेको छु र अहिले पनि वोलेका कुरा पुरा गर्छु, उहाँले भन्नुभयो । जोशीले जनताले दिएको मतको सहि सदुपयोग हुने भएकाले पटक पटक रुखमा भोट हाल्न आग्रह गर्नुभएको थियो ।
त्यस्तै प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार राजेन्द्रप्रसाद तिवारीले पर्वतका जनताका आँगनमा समृद्धि ल्याउने ध्येयले रुखमा भोट माग्न जनताको घरदैलोमा आएको वताउनुभयो । आफुसंग जिल्लाको कृषि, पर्यटन, पूर्वाधार विकास,सिचाई, खानेपानी, स्वास्थ्य शिक्षा र विद्युतको विकासका प्रसस्त एजेण्डा रहेको चर्चा गर्दै तिनीहरुको समुचित विकास र कार्यान्वयन गर्न जनताको मत आवश्यक रहेको वताउनुभयो । ‘एउटा होनाहार यूवा आज पर्वतको विकासमा सबैलाई अंगालो मार्दै हिँडेको छ, उहाँले भन्नुभयो,’ यो यूवालाई तपाईले साथ दिनुहोस ।
उक्त कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारी, राधाकुमारी कुँवर क्षेत्री, पूर्व महासमिति सदस्य गंगाराज शर्मा,गिरीराज गौतम, क्षेत्रीय सचिव सुमन तिवारी लगायतले वोल्नुभएको थियो ।
त्यस्तै नेपाली काँग्रेस पर्वत क्षेत्र नम्वर १ को चुनाव अभियान अन्र्तगत आज आर्थर डाँडाखर्कमा घरदैलो तथा भेटघाट कार्यक्रम गरिएको छ । प्रदेश सभा क क्षेत्र नंं १ का उम्मेदवार नवराज गुरुङलाई स्थानिय मतदाताले स्वागत गरेका छन् । घरदैलो प्रश्चात कोण सभामा बोल्दै उम्मेदवार गुरुङ आर्थरको विकास र समृद्धिका लागि नेपाली काँग्रेसलाई रुख चिन्हमा मतदान गर्न आह्वान गर्नुभयो । उहाँले आर्थर प्राकृतिक सम्पादाले भरिपूर्ण भएको बताउँदै आर्थरकोे विकासका लागी आफू हिजो, आज र भोली मात्र हैन आजिवन प्रतिबद्ध रहने बताउनुभयो । राष्ट्रियता, लोकतन्त्र र समाजवादका साथै मानवअधिकार, विधीको शासन र स्वतन्त्रताका लागी नेपाली काँग्रेसले कसैसंग सम्झौता नगर्ने उहाँको भनाई छ । उहाँले कम्युनिष्ट गठबन्धनले देश र जनतालाई भुल्याएर अधिनायकवाद लाद्ने प्रयास भएकोमा यसलाई नेपाली काँग्रेसले असफल पार्ने दृढता व्यक्त गर्नुभयो ।
उक्त कोणसभामा नेपाली काँग्रेसका समानूपातिककका उम्मेदवार तथा जिल्ला पाटीसभापती खिम प्रसाद भूषाल, निर्वतमान सभापति तथा समानूपातिकका उम्मेदवार लालकाजी गुरुङ, राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य रण वहादुर क्षेत्री,नेपाली काँग्रेस पर्वतका सचिव तथा जिल्ला चूनाव प्रचार प्रसार समितिका संयोजक विश्वप्रकास प्रसाई, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, उप–प्रमुख सिता काफ्ले लामिछाने, महाधिवेशन प्रतिनिधी युवराज जोशी, प्रदेश सभा समानूपातिकका उम्मेदवार ललितकला गूरुड जलजला गाउपालिकाका अध्यक्ष यम वहादुर मल्ल,रामशर्मा पौडेल,वलभद्र शर्मा,दलित नेता प्रेम विश्वकर्मा, तरुण दलका अध्यक्ष तोरण मल्ल ठकूरी,मोदी गाउपालिका वडा नं १ का अध्यक्ष गौ प्रसाद गूरुड,लगायतले मन्तव्य व्यक्त गर्दै रुख चिन्हमा मतदान गरि नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरे ।
उक्त कर्यक्रमको अध्यक्षता कूश्मा न पा वडा नं १४ का वडा सभापती रुद्र मोहन रीमालको अध्यक्षतामा र कार्यक्रम संचालन कमल गूरुड र स्वागत प्रवासी समाज दुवैका सदस्य सन्तोष गिरीले गरेका थिए ।
जिल्लाका शूवेक्षूक तथा भातृ संस्थाका पदाधिकारीहरुको उल्लेख्य उपस्थितिमा घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको जानकारी प्रेस यूनियनका जिल्ला कोषध्यक्ष शिवराज शर्मा र सचिव उत्तम प्रसाद अधिकारीले दिए ।








