२७ असार

कुश्मा नगरपालिका वडा न २ खुर्कोटमा स्वयमसेवी युवाहरूको पहलमा सडक नाली सरसफाई अभियान संचालन भएको छ ।
खुर्कोटको घुम्तीदेखि वडा कार्यालय ढाण जाने सडकको अवरुद्ध नाली सरसफाइ तथा जोखिमयुक्त ठाउँहरूको मर्मत कार्य सुरु गरेका छन् । विगत एकहप्ता देखि यो अभियान संचालन भएको हो । यस अभियानले सडक दुर्घटना कम गर्ने तथा सडकको लाईफलाईन पनि बढाउनेछ । सडकका विचविचमा खाल्डाखुल्टी परेपछि र नाली अवरूद्द भएपछि केहि युवाहरू मिलेर अभियान संचालन गर्ने निधो गरेको स्थानिय युवा कमल रेग्मीले वताए । स्वयम सेवीरूपमा अभियान चलाएर सडकप्रतिको अपनत्व बढाउने कुरा सकरात्मक रहेको स्थानियहरूको भनाई रहेकोछ ।
यस सडक खण्डमा विगत समयमा खुर्कोट युवा क्लवले महिनौ सम्म स्थानिय सामाजिक अगुवा र जनप्रतिनिधिहरूको समन्वयमा स्वयमसेवी जनश्रमदानको कार्यक्रम साप्ताहिक रूपमा संचालन गरेको थियो ।
घुम्तीदेखि वडा कार्यालयसम्मको मोटर बाटोको नाली सरसफाइ तथा जोखिमयुक्त ठाउँहरूको मर्मत कार्य निरन्तर गर्न र सहभागी हुन सरोकारवाला सबैलाई आह्वान गरिएको छ ।
खुर्कोटमा छिपछिपे देखि कोटगाउं सम्मको नालिसरसफाई, वडा कार्यालय देखि अम्वट सम्म, त्यसै गरी छिपछिपे समिकोट सम्मको नाली सरसफाई तथा भर्खरै अवरूद्द भएको समिकोटनेरको पहरामा सडक संचालन गर्नुपर्ने देखिएको छ । बर्खाको समय भएकाले पनि पानीको उचित निकास नभएमा सडक भासिने, पैह्रो जाने, खाल्टाखुल्टी परेर दुर्घटना वढ्ने जोखिम रहेको छ ।