१५ असार
कुश्मा नगरपालकिा वडा नं २ साविक खुर्कोट ८ मा सत्य महाकाली भगवती मन्दिरको जग्गामा विना सहमती डोजर चलाएको विषयमा हिजो भएको विवादमा सहमती भएको छ ।
मन्दिर संचालक समितिले जथाभावी सडक निर्माणकार्य रोक्का गर्नका लागी वडा कार्यालयमा यस भन्दा अगाडी नै निवेदन दर्ता गरेको थियो ।
आज कुश्मा नगरपालकिा वडा नॅ २ का वडा अध्यक्ष लालकृष्ण शर्मा बास्तोलाको अध्यक्षतामा वडा कार्यालयमा भएको छलफलमा डोजर चलाउने वडा सदस्य क्षेत्र वहादुर क्षत्री र मन्दिर संचालक समिति विच निम्न सहमती भएको छ ।
१ मन्दिरको जग्गामा सडक निर्माणगर्दा वडा अध्यक्ष र स्थानिय समाजसेवीको रोहवरमा ब्यक्तिगत जग्गा र मन्दिरको जग्गा वरावर पर्ने गरी सडक निर्माण गर्ने ।
२ सडक निर्माण गर्दा कसैको नजि घर टहरा दायबाया भएमा असर नपुग्ने गरि निर्माण कार्य अगाडी वढाउने ।
३ सडक निर्माण गर्दा अन्नवाली (मकै) मा क्षेती पुग्न गएकाले सो लगाउने किसानको चित्तवुझ्ने गरि सडक निर्माण कर्ताले क्षतिपुर्ति तिरीदिने । साथै सडक निर्माणको क्रममा क्षति भएका खानेपानीका पाईप व्यवस्था गरि खानेपानी संचालन गर्ने ।
४ सडक निर्माण गर्दा वा नया ट्रयाक खोल्दा सडक निर्माणकर्ता र जग्गादाता विच कटुवचन (दुर्वाच्य ) वोलिएको भए बोल्ने ब्यक्तिले नै फिर्ता गर्ने र महशुस गर्नुपर्ने।
५ माथी उल्लेखित वुदाहरूमा वडामा पर्न आएको निबेदन उपर मन्दीर संचालक समिति, सामाजिक व्यक्तित्व र सर्वसाधारण ब्यक्तिहरुविच सहमती सहकार्य कायम गर्दै वडा र समाजको विकासका लागी सबै लाग्ने, सहमती साथ अगाडी वढ्ने । कोहि कसैले सामाजिक विकास अवरोध नगर्ने सहमती गरियो ।
६ सत्य महाकाली भगवती मन्दिरको गरिमालाई अझ उच्च राख्ने सहमती गरियो ।
यस अघि नै मन्दिर संचालकहरुले धेरै टाढा सम्म सडकनिर्माण हुने हो भने निकास दिनुपर्छ भन्ने निश्कर्षमा पुगेका थिए । सोहि वमोजिम असार १४ गते मन्दिर संचालक समिति र सरोकारवालाहरुको वैठक विहान ८ वजे वोलाईएको थियो । तर वडा सदस्य क्षेत्र वहादुर क्षत्रीले मनोमानी रुपमा ७ वजे नै निर्माणस्थलमा कोहि नपुग्दै डोजर चलाएकाले विवाद सृजना भएको थियो । गुठिको जग्गामा तेज वहादु क्षेत्रीले लगाएको मकै सवै नष्ट भएको थियो । मन्दीर संचालक समितिले निकास दिन राखेको वैठक अगाडी नै डोजर चलाउनु र आफू नै सर्वे सर्वाहू भन्ने घमण्डले नै यो तनावको स्थिति सृजना भएको समितिका सचिव ठाकुर वहादुर खत्रीले जानकारी गराउदै अव भने सहमती भएकाले सोहि वमोजिम मन्दिर संचालक समिति अगाडी वढ्ने वताए ।
कुश्मा नगरपालकिा वाट अमलाको वुटामुनी देखि धनसारे सम्म गोरेटो वाटो नर्मिाण शर्षिकमा उक्त २ लाख रकम वनियिोजन भएको छ ।
वडामा निवेदन प्राप्त भएपछि पहिले नै छलफलको आयोजना गर्नुपर्ने थियो तर वडा सदस्य क्षेत्र वहादुर क्षत्रीले सडक निर्माणमा सवैको सहमती भईसकेको छ भन्ने जानकारी दिएकाले छलफल नगराएको वडा अध्यक्ष लालकृष्ण वास्तोलाले जानकारी गराएका थिए । ढिलै भए पनि आजको सहमतीले विकास निर्माण कार्यमा आमसहमती भई वडाको विकासमा थप टेवा पुग्ने वडा अध्यक्ष वास्तोलाको विस्वास रहेको छ ।









