२० जेठ

कुश्मा, पर्वत । स्वार्थ भन्दा माथि सेवा भन्ने मुल आर्दश वोकेको रोटरी क्लव अफ पर्वतले वुधवार एक कार्यक्रमको विच कुश्मा नगरपालिका, वडा नं। २ खुर्कोट स्थित गणेश्वर आधारभुत विद्यालयलाई एक थान ल्यापटप सहित विद्यालयमा अध्यायनरत ३६ जना बालबालिकालाई झोला तथा स्टेशनरी सामाग्री वितरण गरेको छ । स्वयमसेवी रुपमा वन्चितमा परेको क्षेत्रमा मानवीय सहयोग गर्दै आएको उक्त क्लवलाई उपकरण तथा शैक्षिक सामाग्री खरिदको लागि राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपाल एवम् विश्व प्रसाई फाउण्डेशन नेपालले आर्थिक सहयोग गरेका हुन ।

विद्यालयलाई उपकरण तथा बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्दै कार्यक्रमका प्रमुख अथिति रोटरी क्लव अफ पर्वतका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले साविकको जिल्ला सदरमुकाम तथा हाल नगरपालिका क्षेत्र भित्र अवस्थित रहे पनि विद्यालयको भौतिक अवस्था कमजोर रहेको वताउनु भयो । विशेष गरी दलित तथा गरिव परिवारका बालबालिकाले अध्यायन गर्ने विद्यालयमा सानो भए पनि सहयोग गर्न पाँउदा आँफूहरुलाई खुशी लागेको वताउदै प्रमुख अतिथि प्रसाईले पुर्वाधार विकाससंगै भोलिको कर्णधार उत्पादन गर्ने शिक्षा क्षेत्रलाई सम्वन्धित निकाय र स्थानीय समुदायको ध्यान पुग्नुपर्नेमा जोड दिनु भयो ।


मानिसहरुमा आध्यात्मिक चिन्तन र वैदिक सनातनी सँंस्कार हराउँदै गएकोले स–साना मानवीय कार्य समेत अपुरो रहने गरेको वताउनु हुँदै शैक्षिक गुणस्तर अभिवृद्धिको लागि विद्यार्थीमा इश्वरप्रतिको विश्वास, आध्यात्मिक चिन्तन, वैदिक सनातनी संस्कारको साथमा विज्ञानसंवत ज्ञाना दिनुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा रोटरी क्लव अफ पर्वतका पुर्व अध्यक्ष गणेश वहादुर क्षेत्रीले क्लवमा धेरै ठाँउवाट सहयोगको माग आए पनि आवश्यकतालाई विश्लेषण गरी गणेश्वर आधारभुत विद्यालयमा गरेको सहयोग सह्रानीय रहेको वताउनु भयो । उहाँले लामो समय देखि सामाजिक राजनीतिक क्षेत्रमा प्रमुख अतिथि प्रसाईसंग आफ्नो सहकार्य रहेको भन्दै उहाँवाट समाजले प्रेरणा लिनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा क्लवका पुर्व अध्यक्ष शिव शर्मा पौडेलले क्लववाट वितरीत सहयोगको सदुपयोग भएमा थप सहयोगको लागि मार्ग खुल्ने वताउनु भयो । कार्यक्रममा क्लवका पुर्व अध्यक्ष रमेश शर्मा, आगामी अध्यक्ष डाँसीराम अधिकारी, चौतर्फी विकास श्रोत मंच पर्वतका अध्यक्ष कालिका प्रसाद शर्मा,एक्टिभ मेम्वरद्वय अशोक कुमार आचार्य, खिममायाँ पाईजा गिरी, अतिथि रेखा आचार्य, व्यवस्थापन समिति अध्यक्ष चित्रा रेग्मी, लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम रोटरी क्लव अफ पर्वतका अध्यक्ष लक्ष्मी कुमारी मेधासीको अध्यक्षता, विद्यालयका प्रधानध्यापक अनन्तराज शर्माको स्वागत एवम् क्लवका पुर्व अध्यक्ष उत्तम प्रसाद अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।