१८ जेठ

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक बस्दैछ। दुवै सदनका लागि अर्थमन्त्रालय र बजेटसँग सम्बन्धित फरक-फरक कार्यसूची तय गरिएका छन्।

दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रस्ताव प्रस्तुत भएसँगै बैठकमा आव २०८३/०८४ को बजेटमाथि सामान्य छलफल सुरु हुनेछ।

त्यस्तै दिउँसो सवा १ (१:१५) बजे बस्ने राष्ट्रिय सभाको बैठकमा पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नै प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। उनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्नेछन्।