१८ जेठ

पर्वत ।राष्ट्रिय स्वतन्त्र पार्टीको कुश्मा नगर अधिवेशनबाट १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
आइतबार कुश्मामा भएको पहिलो नगर अधिवेशनबाट रमेशकुमार श्रेष्ठको सभापतित्वमा समिति निर्माण भएको हो । जसको उपसभापतिमा पार्वती लामिछाने, सचिवमा केशव शर्मा लामिछाने, सहसचिवमा चन्द्रकान्त पौडेल चयन भएका छन् ।

यस्तै सदस्यहरूमा राजेश गिरी, केशव प्रसाद रेग्मी, रेश्मी प्रसाद शर्मा, कमल कार्की, रामकृष्ण पौडेल, भिमबहादुर शाही, ईश्वरी प्रसाद लामिछाने, सिर्जना परियार र कोपिला रेग्मी सापकोटा चयन भएका भएका छन् । केन्द्रीय महाधिवेशनको तयारीमा रहेको रास्वपाले वडा अधिवेशनको काम सकेर पालिका अधिवेशन चलाइरहेको छ । पहिलो महाधिवेशन आगामी ७ देखि ९ असारसम्म आयोजना गर्ने तयारी छ ।

महाधिवेशनबाट सभापति रवि लामिछानेसहित केन्द्र, प्रदेश र जिल्लाका अधिकांश पुरानै पदाधिकारीहरू दोहोरिने सम्भावना बलियो देखिएको छ । महाधिवेशनअघि रास्वपाले आगामी २३ र २४ जेठमा जिल्ला तथा २६ जेठदेखि १ असारसम्म प्रदेश अधिवेशन गर्ने कार्य तालिका बनाएको छ ।