१८ जेठ

पोखरा । पोखरामा भीआर मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक किशोरको ज्यान गएको छ ।

पोखराको न्युरोडस्थित पुरानो महानगरपालिका कार्यालय अगाडि आइतबार दिउँसो ग १८ प ९८८१ नम्बरको भीआर मोटरसाइकलले ग १० प ८१४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा भएको दुर्घटनामा १७ वर्षीय किशोरको निधन भएको हो ।

उक्त दुर्घटनामा परेर पोखरा ११ फुलबारी घर भएका १७ वर्षीय सिर्जन तिवारीको निधन भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा गम्भीर घाइते भएका तिवारीलाई तत्काल उद्धार गरेर उपचारका लागि न्युरोडकै पद्मश्री हस्पटिल लगिएकोमा त्यहाँ उपचार हुन नसके पछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरामा लगिएको थियो। तर मणिपालले घाइते  तिवारीको क्रममा मृत घोषणा गरेको हो ।

दुर्घटना लगत्तै सडकमा बजारिएका तिवारीको टाउको फुटेको थियो भने निरन्तर रगत बगिरहेको थियो । त्यसपछि उनी अचेत भएका थिए ।