१० जेठ
खुर्कोट पर्वत । कुश्मा नगरपालकिा वडा नं २ खुर्कोटमा पर्ने छपिछपिे कोटगाउ सडक अन्तरगत छिपछिपे, आटघिर, गगनपानी माथीको घुम्ति सम्म कालोपत्रे गर्ने काम सम्पन्न भएको छ ।
उक्त सडक खण्डमा झण्डै २ सय २० मिटर ढलान, १ हजार मिटर कालोपत्रे गरिएको छ । त्यसै गरि पोलम नाली,२ सय ९५ घनमिटर जाली भर्नेकार्य लगायतका स्टकचरहरु निर्माण सम्पन्न भएका छन् ।

गत फागुन महिनावाट निर्माण शुरु गरेको सडक निर्माण व्यवसायीले दुर्त गतिमा कार्य अगाडी वढाएकाले छिटै निर्माण कार्य सम्पन्न भएको हो । ईन्धनको मुल्य वढेर डवल हुदा समेत निर्माण कार्य निरन्तर अगाडी वढिरहेको थियो ।
सडक निर्माणकार्यको कुश्मा नगरपालिका,वडा कार्यालय र उपभोक्ता समितिका पदाधकिारी सदस्यहरू तथा सरोकारवालाहरूले निरन्तर अनुगमन गरेका छन् ।
उक्त सडकको कालोपत्रे गर्ने कार्य खुर्कोट कोट कालिका मन्दिर सम्म पुयाउने लक्ष्य भएता पनि वजेट अभावका कारण यस वर्ष गगनपानी माथीको घुम्ती भन्ने स्थानसम्म निर्माण कार्य सम्पन्न भएको छ ।

निर्माण भएका संरचनाहरुको मुल्याङ्कन गरि वांकी रहेको वजेट बाट वांकी कार्य अगाडी वढाउने वडा अध्यक्ष लालकृष्ण वास्तोलाले जानकारी गराउनु भएको छ । वांकी सडक कालोपत्रे र ढलानका लागी आगामी आर्थिक वर्षमा थप वजेट विनियोजन गर्नका लागी कुश्मा नगरपालिका मार्फत संघिय सरकार संग प्रस्ताव गरिएको वडा अध्यक्ष लालकृष्ण वास्तोलाले जानकारी गराउनु भयो ।

आज एक कार्यक्रमका विच छमर्के छिपछिपे कोटगाउं सडक निर्माण समितिका अध्यक्ष गणेश वहादुर क्षेत्री,सचिव राजु नेपाली,अनुगमन समितिका संयोजक कालिका प्रसाद शर्मा,समाजसेवी महेश्रर शर्मा लगायतले अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा सडक कालोपत्रे गर्ने कार्य सन्तोषजनक पाइएको वताउनु भएको छ ।

सडक निर्माण कार्यको ९० प्रतिशत सम्पन्न भएको नर्मिाणव्यवसायीको दावी रहेको छ ।
उक्त सडक नर्मिाणका लागी कुश्मा नगरपालकिा र संघयि सरकारको समपुरक वजेट अन्तरगत २ करोड १५ लाख विनियोजन भएको हो । उक्त रकम मध्ये कुश्मा नगरपालिका वाट १ करोड २९ लाख र संघयि सरकारवाट ८६ लाख लागत साझेदारी गरिएको छ । यसै आ व २०८३ को असारमसान्त सम्ममा सबै निर्माण कार्य सम्पन्न हुनेछ ।

उक्त सडकको कालोपत्रेका गर्नका लागी लाखे सौर्यकिरण जेभी निर्माण सेवाले ठेक्का संझौता गरेको छ ।









