८ जेठ
पाँचथरमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। याङवरक ६ अर्चले भन्ने स्थानमा प्रदेश ०१–००२ च १५६९ नम्बरको सिङ्गल क्याप पिकअप दुर्घटनामा परेको हो।
पाँचथरका प्रहरी नायव उपरिक्षक अनिषकुमार कर्णका अनुसार जिपमा चालक सहित २ जना सवार थिए।
ओरालो बाटोमा यात्रु पिसाव फेर्न ओर्लिएनासाथ जिप अचानक गुडेर भिरबाट खस्दा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको शव पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पताल लगिएको छ।









