७ जेठ
पर्वत। जिल्लाको मोदी गाउँपालिकाले हालै सार्वजनिक एसईई परीक्षामा ‘नन ग्रेड’ मा परेका विद्यार्थीलाई निःशुल्क रूपमा परीक्षाको तयारी गराउने भएको छ ।

गाउँपालिकाका शिक्षा अधिकृत दिनेश शर्माका अनुसार २०८२ को परीक्षामा सहभागी भई श्रेणीविहीन भएका विद्यार्थीलाई लक्षित गर्दै निःशुल्क कक्षा सञ्चालन गर्न लागिएको हो । गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरूबाट एसइईमा सहभागी भई श्रेणीविहीन भएका विद्यार्थीलाई आगामी परीक्षाको तयारीमा सहयोग पु¥याउने उद्देश्यले उक्त कक्षा सञ्चालन गर्न लागिएको हो ।










