१६ चैत

पर्वत । नेपाल पत्रकार महासंघको ७१ औ स्थापना दिवस देशभरका शाखाहरुले विविध कार्यक्रमका साथ मनाइरहेका छन् । पर्वत जिल्ला शाखाले पनि आफ्नो स्थापना दिवसको अवसरमा विरामीहरुलाई फलफूल वितरण गरेको छ ।

नेपाल पत्रकार महासंघ पर्वतले महासंघको ७१ औं स्थापना दिवसको अवसरमा प्रदेश अस्पताल कुश्मा पर्वतमा रहेका विरामीहरुलाई फलफूल वितरण गरिएको जनाइएको छ । कार्यक्रममा फलेबास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, प्रदेश अस्पताल कुश्माका अध्यक्ष याम परियार (शिब), पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, नेपाल पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष ओमप्रसाद घायल लगायत जिल्लामा क्रियाशील पत्रकारहरुको सहभागीता थियो ।