१ चैत्र
पर्वत । पर्वत जिल्लामा सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय रहँदै आएको देव–नारायण अक्षय कोष प्रतिष्ठानको आठौं वार्षिकोत्सव सम्पन्न भएको छ । प्रतिष्ठानले वार्षिकोत्सवको अवसरमा सामाजिक, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा क्रियाशील व्यक्तिहरुलाई सहभागी गराइ संस्थाको गतिविधिबारे जानकारी गराएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका केद्रिय सदस्य तथा संविधान सभा सदस्य अर्जुन प्रसाद जोशीले समाजमा योगदान गरेका देव वहादुर गुरुङ्ग र नारायण प्रसाद गुरुङ्गको स्मरण गर्नु भएको थियो । उहांहरु जस्ताले समाजमा गरेका सकरात्मक कार्यहरुको अनुशरण गर्दे आज उहांका सुपुत्र पृतम गुरुङ्गले हरेक वर्ष अक्षय कोषवाट विभिन्न विधामा उत्कृष्ठहुनेहरुलाई सम्मान गर्ने कार्य अगाडी वढाउनु भएको वारे प्रशंसा गर्नु भएको थियो । राजनिति र समाज सेवा फरक फरक पाटो भएकाले सवैकुरामा राजनिति जोड्न नहुने वताउनु भयो ।


उक्त अवसरमा यहि फागुन २१ गते सम्पन्न निर्वाचनमा मतदान गर्ने मतदातालाई धन्यवाद समेत ज्ञाजन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा गोरखापत्रकर्मी सहितका तीन पत्रकारहरु सम्मानित भएका छन् । जिल्लामा रही समाज र समुदायका गतिविधिलाई समाचारमार्फत् पु-याएको योगदानको कदर गर्दै प्रतिष्ठानले शनिवार पत्रकारहरुलाई सम्मान गरेको हो ।
वार्षिकोत्सव कार्यक्रमकाबिच प्रतिष्ठानले जिल्लामा क्रियाशील पत्रकारहरु ओमप्रसाद शर्मा घायल, सन्तोष थापा, पत्रकार गिरी लाई दोसल्ला, सम्मानपत्र तथा नगद सहित सम्मान गरेको थियो । जिल्लाको कुश्मानगरपालिका वडा ३ दुर्लुङमा भएको कार्यक्रममा वक्ताहरुले पत्रकारिताले समाजमा सत्य सूचना प्रवाह गर्दै जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका थिए ।


कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रितम गुरुङले समाजिक तथा धार्मिक गतिविधिबारे जानकारी गराउँदै आगामी दिनमा पनि समाजसेवा, सांस्कृति संरक्षण र सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । गाउँका विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई प्रतिष्ठानले पुरस्कार प्रदान गरेको थियो । सोही कार्यक्रममा संस्थाले प्रदेश अस्पताल कुश्मा पर्वतको गुणस्तरीय स्वास्थ्यसेवा प्रदान गर्न योगदान पुराएको भनी निवर्तमान अध्यक्ष शंकर गिरीलाई सम्मानित गरेको थियो ।
स्थानीय जनप्रतिनिधि, समाजसेवी, प्रतिष्ठानका सदस्य तथा सर्वसाधारणको उल्लेख्य सहभागीता रहेको कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारहरुको समेत सहभागीता थियो । कार्यक्रममा बोल्ने वक्ताहरुमा सामाजिक व्यक्तित्वहरु ईच्छा बहादुर गुरुङ, शंकर गुरुङ, सहायक प्रजिअ गणेश शर्मा पौडेल, नेकपा एमाले जिल्ला अध्यक्ष गोविन्द पहाडी, नेपाली कांग्रेसका जिल्ला सचिव गुप्तनिधि शर्मा, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य रामकृष्ण मल्ललगायतले संस्थाले पुराएको सामाजिक योगदानबारे चर्चा गर्नुभएको थियो ।