१ वैशाख

पर्वत । नयां वर्षको पहिलो दिन सक्रान्ती नुहाउन आएकी महिलालाई कालिगण्डकी नदिले वगाएको छ । कुश्मा नगरपालिका वडा नं. ५ मोदिवेणी स्थित नदी स्नान गरि टिकटक वनाउन लाग्दा चिप्लीदा वगाएको प्रत्यक्षदर्शीले वताएका छन् । टिकटक वनाउन नदिको भिरालो वहाभ भएको स्थानमा जादा उक्त घटना भएको थियो ।


पर्वतको महाशिला गाउंपालिका वडा नं. ५ घरभई पोखरा वस्ने ३८ बर्षिय विष्णु पन्त वेपत्ता भएकी हुन । विहान ९ वजेको समयमा नुहाएर फर्कने क्रममा उक्त घटना भएको थियो । वेपत्ता भएकी पन्तको खोजीकार्य जारी रहेको छ ।


जिल्ला प्रहरी कार्यालय पर्वत र शसस्त्र प्रहरी वल २५ न. गण चण्डिकाको टोलीले खोजि कार्य तिव्र वनाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक रविन विष्टले जानकारी दिनुभयो । प्रहरीको टोली खोजि गर्दे विहादी सम्म पुगिसकेको छ ।
उनि सगै उनकी दिदी र दुई छोरा समेत गएका थिए । उनिहरुभने सकुसल पर्किएको प्रहरीले जनाएको छ ।