२९ चैत्र

पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजक पक्षले जानकारी दिएको छ ।

मानव सेवा फाउण्डेशनका अनुसार अहिले प्रचारप्रसारका विविध कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । बैशाख १७ गतेदेखि सञ्चालन हुने कोटिहोम महायज्ञको प्रचारप्रसार स्वरुप चैत्र २९ गतेबाट नै कथा प्रवचन हुने भएको छ ।

कोटिहोम महायज्ञमा पहिलो कथा प्रवचनका लागि विश्वकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेय भारतबाट नेपाल आउने भएकी छन् । बालविदूषी अनुराधा पाण्डेयले कोटिहोम महायज्ञमा आगामी चैत्र २९ गतेबाट कथा प्रवचन गर्ने कार्यक्रम तय भएको आयोजक मानव सेवा फाउण्डेसन नेपाल, कास्की शाखाले जानकारी दिएको छ । अहिले कोटिहोम महायज्ञको प्रचारप्रसारका विविध कार्यक्रमहरु सञ्चालन भैरहेको छ ।