२७ पुस
नेपाली कांग्रेसको १०० दिने अभियान अन्र्तगत पर्वत जिल्लाको मोदी गाँउपालिका, वडा नं। ३ देउरालीमा शनिवार एक विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडा कार्य समितिका पदाधिकारीहरु, पुर्व पदाधिकारीहरु, भातृ तथा सुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता विश्व प्रकाश प्रसाईले राजनीति पेशा व्यवसाय नभई सेवा र सन्तुष्टीको माध्यम भएको वताउनु भयो । उहाँले यदि हामी समाजमा रहने हो भने राजनीतिवाट टाढा रहन नसकिने भन्दै राजनीतिमा लाग्दै गर्दा इतिहास, विकास निर्माण र सिद्धान्तको दृष्टिले नेपाली कांग्रेसको विकल्प नहुने उहाँले वताउनु भयो । पाटीमा ससाना अन्तर विरोध र असहमती हुने तर त्यसको उपचार अन्तर पाटी विकल्प नहुने भन्दै कोही कसैप्रति गुनासो भए गुनासो सुन्न र सो को समाधान गर्न आँफू पतिवद्ध रहेको वताउनु भयो ।
कार्यक्रममा वोल्दै जिल्ला सदस्य एवम् जिल्ला प्रतिनिधी सावित्री खत्री क्षेत्रीले आन्तरिक गुनासो भएमा छलफलमा राख्न अनुरोध गदै आजको दिन देखि भावनात्मक एकता कायम गरी अगाडी वढनु पर्नेम वताउनु भयो । लामिछानेले पाटीले दिएको जिम्मेवारी पुरा गर्न कोही पनि पछि पर्न नहुने भन्दै स्थानीय नेता तथा कार्यकर्ताको गुनासो सुन्नु नै अभियानको प्रमुख उद्देश्य भएको वताउनु भयो ।

कार्यक्रममा नेपाल शिक्षक संघ, मोदीको संयोजक रुद्र प्रसाद सुवेदी, नेपाल महिलास संघका वडा सभापति नहकला शर्मा लगायतले पाटीप्रतिको गुनासो राख्नु पुर्व आँफूले गरेको योगदानको स्मरण गर्न सवैलाई अनुरोध गर्नु भयो ।
कार्यक्रमले पाटीको वार्षिक कार्ययोजना तय गर्ने, पाटीको वैक खाता नेपाल वैंक लिमिटेडमा खोल्ने, आगामी चैत्र मसान्तभित्र वडा सम्मेलन गर्ने, सो अवधी भित्र भातृ तथा सुभेच्छ्क संस्थाको गठन पुर्नगठन गर्ने लगायतको निर्णय गरेको छ । कार्यक्रममा वडा सभापति कृष्ण वहादुर गुरुङ्गको संयोजकत्वमा टेक वहादुर पुन, पदम वहादुर पुन, अमृत प्रसाद चापागाई, हिमा रसाईली, इन्दिरा क्षेत्री र विष्णुहरी चापागाई रहेको पाटी तथा वडा समन्वय संयन्त्र गठन गरिएको छ ।

कार्यक्रम मोदी वडा नंं ३ का सभापति कृष्ण वहादुर गुरुङ्गको अध्यक्षता, वडा अध्यक्षका प्रत्यासी अमृत चापागाईको स्वागत एवम् सचिव रामचन्द्र उपाध्यक्षको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसै गरी पर्वतका विभिन्न वडाहरुमा सम्मेलन भएको समाचारहरु प्राप्त भएका छन् । मोदी गाँउपालिका वडा नंं ७ राम्जामा पनि शनिवार १०० दिने अभियान अन्र्तगत विशेष कार्यक्रम सम्पन्न भएको समाचार प्राप्त भएको छ ।

वडा कार्य समितिका पदाधिकारीहरु, पुर्व पदाधिकारीहरु, भातृ तथा सुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको कार्यक्रममा गण्डकी प्रदेश सदस्य कुल वहादुर पुनले पाटीको मायाँ प्राण भन्दा पियारो हुने भन्दै पाटीवाट लिनु भन्दा पनि योगदान गर्नुपर्ने वताउनु भयो । मोेदी र्गाँउपालिकाका सभापति निर्देश लामिछानेले मोदीमा नेपाली कांग्रेसको संगठनलाई सुदृढ वनाउन १०० दिने अभियानले टेवा पुग्ने वताउनु भयो । यसै गरी कार्यक्रममा नेपाल प्रेस युनिएन पर्वतका अध्यक्ष उत्तम प्रसाद अधिकारीले पाटीले भातृ तथा सुभेच्छुक संस्थालाई यथोचित प्रयोग गर्न नसकेको कारण संगठन कमजोर भएको भन्दै आगामी दिनमा यसप्रति ध्यान दिनुपर्ने वताउनु भयो ।

कार्यक्रमले जिल्लाले दिएको कार्य विवरण अनुसारको कार्यगर्ने गरी निर्णय विविध निर्णयहरु गरेकोे छ । भेलाका निर्णयहरुमा भातृ तथा सुभेच्छकु संस्थाहरुलाई क्रियाशिल वनाउने, कार्य समितिका वैठक मासिक रुपमा गन रहेका छन् ।

कांग्रेसको १०० दिने अभियान अन्र्तगत मोदी वडा नं ७ राम्जामा सम्पन्न कार्यक्रम वडा सभापति नारायण गौतमको अध्यक्षता, उपसभापति खड्क वहादुर के सी को स्वागत एवम् सचिव धर्म वहादुर के सी को सञ्चालनमा सम्पन्न भएको थियो ।