१५ पुस
पर्वत । सामुदायिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । पर्वत जिल्लाभरी कार्यक्षत्र भएको सहकारीका ४ सय ३७ जना शेयर सदस्य रहेका छन् । आज एक कार्यक्रमका विच पुर्व सांसद सहकारीका संस्थापक अध्यक्ष ऋषिकेश तिवारीले पानसमा दिप प्रज्वलन गरि उद्यघाटन गर्नुभयो । सहकारीको जुन मर्म र सिद्धान्तले स्थापना गरिएको हो त्यस तर्फ सहकारीका कार्यहरु अगाडी वढाउनु पर्नेमा जोड दिनुभयो । देशमा सहकारीको वारेमा देखिएका समस्यहरुले गर्दा सहकारी प्रति जनताको विस्वास घट्दै गएको अवस्थामा पनि यस सहकारी राम्रो संग संचालन भएको र जनताको विस्वास वढेकोमा खुशि व्यक्त गर्नु भयो । वर्तमान अवस्थामा जुन सहकारीमा चाहेको वेला आफुले जम्मा गरेको वचत रकम फिर्ता पाउन सकिन्छ त्यस्ता सहकारीहरु अव्वल रहेको धारणा राख्नु भयो । वर्तमान समयमा पनि यस सहकारीले चाहेको वेला वचत फिर्ता दिन सक्ने अवस्था रहेकाले सहकारीको तरलता व्यवस्थापन राम्रो रहेको वताउनु भयो ।


कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य मथुरा प्रसाद घिमिरे,शेयर सदस्य सल्लाहकार देवि प्रसाद विलासी,नारी वचत तथा ऋण सहकारीका अध्यक्ष तुप्ला शाक्य लगायतले शुकामना व्यक्त गर्नु भएको थियो ।


कार्यक्रममा सहकारीका अध्यक्ष गणेश वहादुर क्षत्री द्धारा आर्थिक वर्ष ०८०/०८१ प्रगति तथा चालु आ व ०८१/८२ को प्रस्तावित निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने सहकारीका कोषाध्यक्ष ओम प्रसाद गौडेलले आर्थिक वर्ष ०८०/०८१ यथार्थ आर्थिक प्रगती र चालु आ व ०८१/८२ को ५ करोड ८८ लाख ११ हजार ३ सय ५१ रुपैयाको प्रस्तावित आय तथा व्यय पेश गर्नु भएको थियो ।


त्यसै गरि लेखा समितिका संयोजक जगन्नाथ शर्माले लेखा समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । शेयर सदस्यहरु विच वन्दशत्रमा व्यापक छलफल भई सुझाव सहित लेखापरिक्षण प्रतिवेदन,संचालक समितिले गरेका निर्णयहरु लगायत चालु आ व का लागी ५ करोड ८८ लाख ११ हजार ३ सय ५१ रुपैयाको प्रस्तावित आय तथा व्यय पास गरेको छ ।
सहकारीका अध्यक्ष गणेश वहादुर क्षत्रीको अध्यक्षतामा सम्पन्न साधारण सभाको संचालन सचिव लिलाधर तिवारी र स्वागत सदस्य पृथ्वी नारायण शर्माले गर्नुभएको थियो ।