९ कार्तिक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी बचत रकम अपचलन मुद्दामा पक्राउ परेका रवि लामिछानेमाथि कानुन बमोजिम कारबाही हुने बताएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा प्रधानमन्त्री ओलीले समान प्रकृतिको अपराधमा फरक निर्णय नहुने बताएका हुन् ।
ती नेताका अनुसार रास्वपाका सभापति रवि लामिछानेको नाम नलिइकन सरकारले लिने निर्णयबारे प्रधानमन्त्री ओलीले ब्रिफिङ गरेका थिए । ‘रवि लामिछानेको नामै त लिनुभएन, तर समान प्रकृतिको मुद्दामा अरुलाई जस्तो कारबाही भइरहेको छ, रवि लामिछानेलाई पनि त्यस्तै हुने बताउनुभयो’, उनले भने ।
बैठकपछि जारी सात बुँदेको चौथो नम्बरमा रवि लामिछानेको विषय समावेश छ । बक्तव्य मार्फत् सत्तारुढ दलहरुले रवि लामिछानेको पक्षमा भइरहेको सडक प्रदर्शनप्रति असहमति जनाएका छन् ।
‘पछिल्ला दिनमा अनुसन्धान र अभियोजनको प्रक्रियालाई नै प्रभावित गर्ने उद्देश्यले गतिविधिहरु सुरु भएका छन्’ बक्तव्यमा भनिएको छ, ‘भिड जम्मा गरेर अनुसन्धानको प्रक्रियालाई प्रभावित गर्ने र न्यायालयमाथि दबाब दिने गतिविधिहरु लोकतन्त्र र विधिको शासन बिपरीत कुरा हो । यस्ता गतिविधिप्रति हाम्रो गम्भीर असहमति छ ।









