८ असार

पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ । कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. २ नौडाँडाका २५ वर्षीय सञ्जय भण्डारीको डुबेर मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माका अनुसार पौडी खेल्न पोखरा वडा नं. २२ चिसापानीस्थित फेवातालमा अपरान्ह ४ः५५ बजेतिर तालमा पसेका भण्डारी केही बेरमै बेपत्ता भएका थिए ।

भण्डारी बेपत्ता भएको सूचना पाउने बित्तिकै सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएर उनलाई अचेत अवस्थामा निकालिएको थियो । तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकोमा  भण्डारीलाई चिकित्सकले मृत घोषणा गरेका हुन्

लेकसाइड क्विन पार्कमा काम गर्ने भण्डारी अन्य चार जना साथीसँग पौडी खेल्न गएका थिए । उनीहरू भने सकुशल रहेको सशस्त्र प्रहरी कालिका गणका गणपति एसपी अरूण कुमार शर्माले जानकारी दिए ।