१५ वैशाख
पर्वत । जिल्लामा रहेका सरकारी निकायका कार्यालयका प्रमुख र संचारकर्मी संग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा भएको त्रैमासिक कार्यप्रगति समिक्षा तथा अन्तरकृया कार्यक्रममा सरकारी निकायले आफुले सम्पन्न गरेका त्रैमासिक कार्यहरुका वारेमा जानकारी गराएका थिए ।

अन्तरकृया कार्यक्रममा संचारकर्मीहरुले खुर्कोटमा ५ वटा टौवामा आगलागी र सडक निर्माणको क्रममा रहेको डोजर जलाएको अपराधि अहिले सम्म पत्तालगाउन नसकेको र शंकास्पद मान्छेहरुको स्थानियले सुचनादिदा समेत सकृयता पुर्वक सोध पुछनगरेको,जलजला मल्लाजमा भएको दम्पती हत्याको हत्यारा १ महिना वित्दा समेत अपराधी पत्तालगाउन नसकेको र नागरिकले सुरक्षा महसुस गर्न नसकेको वारे जिज्ञासा राखेका थिए ।
पुर्वाधार विकास कार्यालय,भु तथा जलाधार विकास कार्यालय,जिल्ला अस्पताल,सिचाई डिभिजन कार्यालय,वन कार्याल लगायतका कार्यहरुले सम्पन्न गरेका कार्यहरुको प्रगति प्रस्तुत गरेका थिए । कार्यलयहरुले पेशगरेको प्रगति प्रतिवेदन अनुसार भौतिक प्रगती ७५ प्रतिशत र आर्थिक प्रगति ४९ प्रतिशत भएको जानकारी गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले जनताको काम गर्दा ढिलासुस्ति र अनियमितता नगर्न कार्यालय प्रमुखलाई निर्देशन दिएका थिए । मल्लाजको दम्पती हत्याको घटनामा ४ हजार वढी नागरीकलाई सोधपुछ गरेको ,सिआईविको सहयोगमा अनुसन्धान कार्य अगाडी वढेको जानकारी गराएका थिए । अपराधीले गरेका अपराधको वारेमा शुक्ष्म अनुसन्धान गरेको र प्रमाणको आधारमा दोषिलाई सोधपुछ,तारेकमा राख्ने कार्य गरेको जानकारी दिए ।

सरकारी कार्यालयहरुमा दैनिक सम्पादन हुने काम सहज र सरल तरिकाले गर्नुपर्ने प्रजिअ आचार्यको भनाई थियो । प्रजिअ आचार्यले जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुले बस्तुनिष्ट पत्रकारिता गरेको भन्दै मुलधारको पत्रकारिता मार्फत खेलेको भूमिको प्रशंसा समेत गरेका थिए ।









