९ वैशाख
कुश्मा नगरपालिका वडा न २ मा पर्ने घुम्तिलाम्पाट सडक अन्तरगत मन्दिर नेरको पहिरोमा सडक ढलान गर्ने कार्य शुभारम्भ भएको छ । उक्त स्थानमा कालोपत्रे भएको सडकम पहिरो आई पूर्ण क्षति पु-याएको थियो । झण्डै १ सय मिटर लम्वाई र ८ मिटर चौडाई भएको सडकमा माथि वाट आएको पहिरोले सडक भत्काएको थियो । खुर्कोट र पाड्वासीहरु उक्त सडकवाट दैनिक यात्रा गर्ने क्रममा धेरै असजिलो भएको थियो ।

कुश्मा नगरपालिका वडा न २ का वडा अध्यक्ष लालकृष्ण वास्तोलाले उक्त सडकको ढलानका लागी शुभारम्भ भएको जानकारी दिनु भयो । विगत वर्षदेखी यस स्थानमा सडक मर्मत तथा ढलान कार्य नगर्नाले यात्रुहरु जोखिम मोलेर यात्रा गर्नु परेकाले यस स्थानमा कार्य अगाडी वढाईएको जानकारी दिनुभयो । विगतमा भएको सवारी दुर्घटनाले एकजनाको ज्यान समेत लिएकाले यो स्थानमा कार्य गर्न अतिआवश्यक रहेको वताउनु भयो । अव उक्त सडक निर्माणले संभावित थप दुर्घटना वाट जोगिन सकिने वताउनु भयो ।

उक्त सडकका लागी गण्डकी प्रदेश सरकारवाट पुर्वाधार विकास कार्यालय पर्वत मार्फत कार्य गर्ने गरि ३० लाख रुपैया विनयिोजन भएको छ । आगामी असारमसान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने गरि कार्य अगाडी वढाईएको कुरा सडक निर्माण समितिका अध्यक्ष घनराज पौडेलले जानकारी दिनुभयो । १ सय मिटर ढलान कार्य सम्पन्न भएपछि केहि रकम वचत भएमा सडकका अन्य अतिआवश्यक स्थानहरु निर्माण कार्य अगाडी वढाईने समेत जानकारी दिनु भयो ।










