६ वैशाख

पोखरा। बाटोमा हराएको १७ लाख रुपैयाँ फेलापारी सम्बन्धित धनीलाई बुझाइएको छ। पोखरा महानगरपालिका ८ पृथ्वीचोकमा रहेको रहेको माता श्री ज्वेलर्सबाट बैंकमा जम्मा गर्न लगिएको १७ लाख रुपैयाँ हराएकोमा फेलापारी सम्बन्धित धनीलाई बुझाइएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहिबार दिउँसो अन्दाजी १:३० बजे उक्त ज्वेलर्समा काम गर्ने ४३ वर्षीय कालिगढ मनोहर पवँरले नयाँबजार स्थित कृषि विकास बैंकमा जम्मा गर्न भन्दै कालो रंगको झोला मोटरसाइकलको लेगगार्डमा बाँधेर लगेका थिए। तर, अचानक मोटरसाइकल पार्किङमा राखेर झोला हेर्दा नदेखेपछि घटनाको खबर ज्वेलर्स संचालकहुँदै प्रहरीसम्म पुगेको थियो।

नगद हराएको भन्ने सूचना पश्चात जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक बषन्त कुमार शर्माको कमाण्डमा खटिएको प्रहरीको टोलीले सिसिटिभी र अन्य माध्यमबाट अनुसन्धान शुरू गरेको थियो।

अनुसन्धान तथा खोजतलासका क्रममा उक्त झोला भारत घर भइ हाल पोखरा -३ पालिखेचोक बस्ने ६५ वर्षीय छोटुलाल शर्माले फेला पारेको भन्ने जानकारी पश्चात उनकै रोहवरमा ज्वैलर्सका संचालक पोखरा ५ निवासी ४३ वर्षीय ध्रुव कुमार सुनारलाई बुझाइएको प्रहरीले जनाएको छ।