९ चैत्र
पर्वत । मानव अधिकारका लागी एकल महिला संजाल पर्वतको आयोजनामा पर्वतमा २ दिने तालिम संचालन भएको छ । एकल महिलालाई नेतृत्व विकास तथा कानुनी साक्षरता तालिम संचालन गरेको हो ।

कुश्मा नगरपालिाकाको सहयोगमा संचालन भएको तालिमको राष्ट्रिय सभाका सदस्य मनरुपा सुवेदीले शुभारम्भ गरेकी हुन । उनले एकल महिला हरु समाज निर्माणका संभाहक भएको वताईन । महिलाहरु दया र मायाको पात्र नभई परिवर्तनका संभाहक भएको वताईन । महिलाहरुले अवसर पाएमा नमुना काम गर्ने पनि उनले वताईन । महिलाहरु समाजमा नेतृत्व लिन सक्षम भए पनि घरपरिवारको उल्झनमा भएकाले त्यसवाट छुटकरा लिई समय दिनुपर्ने वताईन ।

कार्यक्रममा पर्वत जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, लोकतान्त्रिक गैरसरकारी संस्थामहासंघका केन्द्रिय सचिव विश्व प्रकाश प्रसाई,कुश्मा नगरपालिकाका वडा नं. ७ का वडा अध्यक्ष पशुराम पुरी,सामजिक विकास कार्यालयका कार्यालय प्रमुख टंक ढकाल,एकल महिला समुहका गण्डकी प्रदेश समितिका अध्यक्ष प्रमिला ताज्या, मानव अधिकार संगठनका जिल्ला अध्यक्ष माधव पौडेल,कुश्मा नगरपालिका वडा नं. ४ का पुर्व वडा अध्यक्ष मिना कर्माचार्य, महिला अधिकार कर्मी माया अधिकारी, सहभागीको तर्फवाट सरस्वती क्षेत्री लगायतले शुभकामना व्यक्त गरेका थिए ।


मानव अधिकारका लागी एकल महिला समुह पर्वतकी अध्यक्ष अजिता शर्माको अध्यक्षतामा संचालन भएको कार्यक्रममा स्वागत उपाध्यक्ष दौपती रिजालले र संचालन सचिव खिममाया पाईजा गिरीले गरेकी थिईन ।


कार्यक्रमम कुश्मा नगरपालिकाका १४ वटा वडाका ५० जनाभन्दा वढीको सहभागिता रहेको छ ।