गणेश वहादुर क्षेत्री
१४ कार्तिक रोटरी क्लव अफ पर्वत लगायत दर्जनौ संस्थामा आवद्ध सामाजिक अभियान्ताहरुको एक टोली २०७४ साल कार्तिक १० गते विहान ६ वजे कूश्मा वजार पर्वत वाट हिमाल पारीको जिल्ला मूस्ताङ्गको वहु चर्चित चीन र नेपालको व्यापारीक कारोवार गर्न नजिक मानिएको कोरला नाका सम्मको यात्रा गर्नका लागी प्रस्थान गरेउ । उक्त टोलीमा गणेश वहादुर क्षेत्री,कृष्ण प्रसाद शर्मा,चित्र अधिकारी,देवी शर्मा पौडेल,नवराज भण्डारी,राजेश पौडेल,धनराज वि पौडेल र शूरेस घिमिरे सहित ८ जनाको टोली रहेको थियो ।

कूश्मा वजार वाट स्कारपियो गाडी चढेर वेनी स्थीत गलेश्वरमा पूगेर चिया नास्ता गरि सकेपछि रमाईलो संग विच विचमा तस्वीर खिच्दै दाना पूगी विना होटलमा खाना खाने कार्य भयो । त्यस पछि झण्डै १२ वजेको समयमा नेपालको अग्लो छांगा रुप्छे छहरामा पूगेर केहि सामूहिक तस्वीर गरि सामान्य जलपान गरि हल्का रमाईलो पश्चात मार्फा तर्फ लागेउ,मार्फाको उकालोमा गए पछि एक्कासी गाडीको स्टाट वन्द भयो ।

त्यस पछि सडकमा गाडी चलाईरहेका डाईभरहरुको सरसल्लाह तथा सहयोग मागेर गाडीको समस्या पत्ता लाग्यो फिउस गएको रहेछ झण्डै ४० मिनेटको समय त्यस उकालोमा विताउनू पर्यो । त्यस पछि सून्दर मार्फा गाउं हेर्दै जोमसोम तर्फ लागेउ । जोमसोम पूगे पछि नेष्डो नेपालको टिम विश्व प्रकास प्रसाई,प्रेम शर्मा पौडेल, उत्तम अधिकारी लगायतका साथीहरु संग भेट भयो , प्रेम शर्मा पौडेल सर सामान्य विरामी भएको जानकारी भयो उहांले आराम गरिरहनू भएको थियो ।

त्यस पछि मूस्ताङ्ग जिल्लाका प्रमूख जिल्ला अधिकारी रामचन्द्र तिवारी सर संग उहांको कार्यकक्षमा नै भेट गर्ने र मूस्ताङ्ग जिल्लाको वारेमा जानकारी लिने मौका मिल्यो ।

जोमसोम वाट झण्डै २० कि।मि।को यात्रा पश्चात मूक्तिनाथको मन्दिर नेर होटल लाली गूरांसमा पूगेर वास वस्ने कार्यक्रम भयो । उक्त होटलमा वेलूकाको सामान्य जलपान सहितको खानपान गरेर राती ११.३० मा आराम गर्ने वा सूत्ने काम भयो ।

भोली पल्ट ११ गते विहान ८ वजे सवै टोली मिलेर विस्तारै, विस्तारै मुक्तिनाथको मन्दिर तर्फ रमणीय स्थलहरुको तस्वीर कैद गर्दै कतै हामीलाई पनि लेक लाग्ने हो कि भन्दै मनमा शंका गर्दै उकालो लगेउ । ३७५० मिटरको उचाईमा रहेको मुक्तिनाथ मन्दिर रहेको जि.पि.एस डाटामा देखियो । संयोग वस यात्राको क्रममा रोट्याक्ट वाग्लुडका पूर्व अध्यक्ष संग भेट भयो । सामूहिक टिममा संगै तस्विर खिचाउदै मन्दिर सम्म पुगेउ र मन्दिरका १०८ धारामा नुहउने कार्य सम्पन्न गर्दै टिका लगाएर ज्वालामूखी हेर्दै,ठूलो वुद्धको निर्माणधिन मन्दिर हेर्दै होटल लाली गूरांशमा आएर त्यस होटलको ल्याण्डकूजर गाडी कोरला नाका लाने र कागवेनी सम्म हामीलाई पू-याउनका लागी ४० हजारमा भाडा संझौता गरि ३ कि.मि गाडी अगाडी वढ्यो, तर गाडीको गेयर फस्यो मर्मत गर्नूपर्ने भयो समय धेरै लाग्ने भए पछि । हामीले नै पर्वत वाट लगेको गाडी वाट नै छुसाड सम्मको यात्रा तय गरेउ

छुसाड पूगेर खाना खाए पश्चात झण्डै दिउसोको ३ वज्यो त्यस पछि अपर मूस्तमड जानेकीनजाने दोधारमा प-र्यौ र पनि अन्तमा हामी अपर मूस्ताड लोमाडथाडको यात्रा तय भयो । अपर मूस्ताडका समर,घिमि,स्याडवोचे,चरड हुदै वेलुका ७.३० वजे लोमाडथाड पूगेर होटल मिस्टेकमा वास वसेउ । उक्त होटलमा वेलुकाको खाना नास्ता गरेर ११ वजे राती सूत्ने काम भयो ।

भोली पल्ट १२ गते विहान पर्वत जिल्लाका प्रमूख जिल्ला अधिकारी राजेश पन्थी,अनूसन्धान कार्यालयका प्रमूख विष्णू पण्डीत र मूस्ताड जिल्लाका प्रमूख जिल्ला अधिकारी रामचन्द्र तिवारी संग लोमानथाडको होटल एभरेष्टमा भेट भयो उहांहरु संग चिया खादै लोमाडथाडको दरवार लगायतका महत्वपूर्ण स्थानहरुको वारेमा जानकारी गराउदै संग सगै लोमाडथाडको राजदरवार घूमेउ ।

अपर मूस्ताडका धेरै मानिसहरु जाडोका कारण व्यापार गर्नका लागी वेसी तर्फ झरेको जानकारी भयो । कोरला नाका जानका लागी चाईनाले आप-नो चूनाव भएको कारण नपठाउन अनूरोध गरेको रहेछ हामीले मूस्ताड जिल्लाका प्रमूख जिल्ला अधिकारी रामचन्द्र तिवारीलाई ग-यौ । उहांको सहयोगमा एकजना हवल्दारलाई संगै यात्रामा पठाईदिने काम भयो,त्यसले हामीलाई नाका सम्म पूग्न सजिलो वनायो । झण्डै ४४७० मिटरको उचाईमा रहेको लोमाडथाडमा कतै हामीहरुलाई पनि लेक लाग्ने हो कि भन्ने चिन्ता लागिरहेको थियो । तर संयोग वस कूनै साथीलाई टाउको सम्म पनि दुखेन,केहि,कोहि वीरामीको महसूस भएन । त्यस पछि हामी कोरला तर्फको यात्रामा लागेउ ।

१० वजे विहान कोरला नाका ४६२० मिटरको उचाईमा पूगेर सामूहीक तस्वीर लिने काम भयो । नेपाल २४ नम्वर पिलर लेखेको वि। सं २०१९ सालमा निर्माण गरेको पिलरलाई साची राख्दै केहि तस्वीरहरु कैद गरेर ११ वजे होटल मिस्टेकमा फर्केउ । त्यस पछि चरडमा आएर होटल माया ईनमा माया विष्टको होटलमा १२.३० मा खाना खाई सके पश्चात हामीहरु छुसाडको यात्रा तर्फ लागेउ ।

यात्राको क्रममा वाटोमा भएका विभिन्न अवरोध,पहाडको डरलाग्दो कच्चि धुले सडकमा कतै रमाईलो त कतै डर लाग्दो गर्दै हामीहरु साहसीक यात्रा गरेउ । विच विचमा साथीहरुका किस्सा,चूट्कीला र यथार्थ घटनाहरुको वर्णन गर्दै र अपर मूस्ताडका रमणीय स्थलहरुको तस्वीर लिदै यात्रा गरेउ । विचविचमा मोटरसाईकलमा जाने यात्रूहरुले कसरी यात्रा गर्ने, कति समय लाग्छ कोरला नाका पूग्न,के वाटो यस्तै हो,राम्रो वाटो छैन भन्ने जस्ता प्रश्न गर्दै जादै गरेको देखेउ मोटर साईकलमा यात्रा गर्नेहरु धेरै थकान र डराएको महसूस भयो ।

वेलुका ५३० मा हामी छुसाड वाट कागवेनीको यात्रा तय गर्दै जोमसोम वेलुका ७।३० मा आईपुगेउ र घासामा आएर खाना खाने काम भयो रमाईलो तरिकाले सामान्य जलपान सहित खाना खाने काम भयो त्यस पश्चात राती १० वजे घासा वाट वेनी हुदै पर्वतको यात्रा तर्फ लागेउ । गलेश्वर नेर आएर साथीहरुले सर्टव्रेक लिने काम भयो त्यहि क्रममा सडक सामूहिक डान्स पनि भयो । जस्ले यात्रालाई थप रमाइृलो वनायो ।
राती १२ वजे वेनी आईपूगेउ र १२ गते नै विहान २ वजे पर्वत जिल्ला सकुशल आईपुगेउ । यात्रा अविस्मरणीय र साहसीक ९उडभ्यान्चर ० भयो सवै साथीहरुले गाडीमा नै यात्राको समिक्षा गर्ने काम गरेउ रमाईलो तरिकाले ३ दिने यात्राको समापन गरेउ ।








