२७ माघ
खुर्कोट,पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. २ खुर्कोट मा स्थापित कालिमा माध्यामिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय वाणिज्य वैक कुश्माको आयोजनामा बिद्यालयका अभिभावक,शिक्षक विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । विद्यमान अवस्थामा वैकिड्प्रणालीमा आएको परिवर्तन वारे जानकारी गराईएको थियो ।
वैकिड् कारोवार गर्दा गरिने ससाना गल्तीले धेरै मानिसहरु वैकवाट काम नभएर फर्कनुपर्ने अवस्थामा कमि ल्याउनका लागी यो साक्षरता कार्यक्रम संचालन गरिएको शाखा प्रवन्धक तोरण वहादुर वि.क ले वताउनुभयो । वैक मार्फत ग्राहकलाई दिने सेवा,कर्जाको व्याजदर,वचतमा दिने व्याज लगायतका वारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष लालकृष्ण वास्तोला, वडा सदस्य भिमनिधि रेग्मी,कालिका मा वि धनधान्यचल कोषका अध्यक्ष गणेश वहादुर क्षेत्री, विद्यालयका पूर्व अध्यक्ष मिन वहादुर रेग्मी,धनाधन्यचल कोषक ऋण समितिका संयोजक कालिका प्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन निमित्त प्रधानध्यापक देश वराज शर्माले गर्नु भएको थियो भने वित्तिय साक्षरताको सहजिकरण वाणिज्य वैकका कर्मचारी प्रदिप पोख्रेल र ईन्दु रेग्मीले गर्नु भएको थियो ।


कार्यक्रमको अन्त्यमा राष्ट्रिय वाणिज्य वैक कुश्माको तर्फवाट विद्यालयका लागी २ वटा वाटरडिस्पेन्सर सहयोग गरिएको थियो । उक्त सहयोग लिदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष लालकृष्ण शर्मा वास्तोलले वाणिज्य वैक परिवारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।