१० पुस
पोखरा। पोखरामा कारको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा नं -५ पर्स्याङ स्थित सिद्दार्थ बैंक अगाडि कारले ठक्कर दिंदा दुई जना पैदलयात्रीको मृत्यु भएको हो।
सोमबार मध्यराति बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बा १३ च ३७२१ नंवरको कारको ठक्करबाट पैदलयात्री बागलुङ जिल्ला ढोरपाटन नगरपालिका -६ घर भइ हाल पोखरा -३ नदीपुर बस्दै आएका २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का नाम नखुलेका पैदलयात्री अन्दाजी ३५ वर्षीय पुरूषको मृत्यु भएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकले जानकारी दिए।
प्रवक्ता विकका अनुसार दुर्घटनाको जानकारी लगत्तै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा खटिएको १५ जनाको टोलीले घाइते दुबैलाई उपचारका पश्चिमान्चल क्षेत्रिय अस्पताल लगेपनि उपचारका क्रममा छन्त्यालको राति १ :३५ बजे र अर्का पुरूषको १ :५५ बजे मृत्यु भएको हो।
हाल मृतक दुवैको शव सोही अस्पतालमा रहेको छ। ठक्कर दिने कारलाई प्रहरीले नियन्त्रणमा लिएपनि कारका चालक भने फरार छन्। उनको खोजीकार्य भइरहेको प्रवक्ता विकले जानकारी दिए। गण्डक न्युजबाट









