१४ असार
काठमाडौं । साउदी अरबको जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ ।
हिजो बुधबार कारमा आएका एक बन्दुकधारी दूतावास अगाडि ओर्लिएका र उनलाई सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दा गोली चलेको समाचार संस्था अलजजिराले जनाएको छ । ज्यान गुमाएका नेपाली सुरक्षागार्डको परिचय खुल्न बाँकी छ ।
नेपाली सुरक्षा गार्ड अमेरिकी वाणिज्य दूतावासको सुरक्षामा खटिएका थिए । घटनाको अनुसन्धान भइरहेको खबरमा उल्लेख छ ।
यो घटनामा अमेरिकी नागरिकलाई केही पनि नभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।









