कृषि ज्ञान केन्द्र पर्वतको सूचना

विषदीको सुरक्षित प्रयोग संवन्धि कृषक महानुभावहरुमा विषेश अनुरोध
खेतवारीमा जथाभावी विषदी प्रयोग नगरौं,आप्नो र वातावरणको ख्याल गरौं ।

केटाकेटीलाई विषदीवाट टाढा राखौं साथसाथै विषादीलाईखानेकुरा जनवारको दाना र चारा वाट छुट्टै स्थानमा राखौं ।
सकेसम्म जैविक विषादीको मात्रा प्रयाग गरौंं र रासायनीक विषादी प्रयोग गर्न परेको खण्डमा उक्त विषादीको वारेमा पूर्ण जानकारी लिएर मात्र प्रयोग गरौं ।

विषादी प्रयोग गर्दा र छर्कदा सुरक्षित पहिरनको (पंजा,माक्स,चस्मा,फुल वाउला भएको सर्ट र पाईन्ट,एप्रोन वुट ईत्यादी । प्रयोग गरौं र सम्भावित दुर्घटना वाट वच्ने उपाय वारे सजग रहौं ।

विषादी प्रयोग गर्नु पूर्व त्यसको लेवल ( रंग र संकेत ) पढौं र वुझौं जिवनासक विषादी चलाउदा खाने,पिउने र धुम्रपान गर्ने नगरौं । जिवनासक विषादी प्रयोग पश्चात प्रयोग कर्ताले राम्रो संग नुहाईधुवाई गर्ने,खाली भाडांको सुरक्षित तवरले नष्ट गर्ने र फल झिक्नका लागी प्रतिक्षा अवधि र पुनः प्रयोग अवधिमा ध्यानदिने गरौं । ध्यान राख्नुहोस ः विषादी विष हो,औषधि हैन ।