२६ फागुन

रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रहेका पौडेलले प्रतिस्पर्धी एमालेका उपाध्यक्ष एवं सांसद सुवासचन्द्र नेम्वाङलाई दोब्बर बढी मतभारले पछाडि पार्दै गरिमामय पद सम्हाल्ने अवसर पाएका हुन् ।

यसअघि उनी संसदमा सभामुख, सरकारमा उपप्रधानमन्त्री तथा पार्टीमा कार्यवाहक सभापतिसम्म भइसकेका थिए । प्रधानमन्त्री हुन भने नपाएका रामचन्द्रले राष्ट्रको सबैभन्दा प्रतिष्ठित र सम्मानित पद पाएरै आफ्नो राजनीतिक यात्रालाई पूर्णविराम दिनेछन् ।

७८ वर्षे रामचन्द्रले छ दशकबढी राजनीति गरे । देशलाई योगदान दिए । र त्यही योगदानको फल आज पाउन सफल भएका छन् । सबैका अभिभावक बनेका छन् । देशको कार्यकारी प्रधानमन्त्री हुने भएकाले राष्ट्रपतिको पद सेरेमोनियल हो । तर सबैभन्दा सम्मानित पद हो ।