१७ मंसीर
स्याङ्जा । प्रतिनिधि सभातर्फ स्याङ्जा क्षेत्र नं. २, बाजुरा र दोलखामा भइरहेको मतगणनामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।
प्रतिनिधि सभातर्फ स्याङ्जाको क्षेत्र नम्बर–२ मा कांग्रेसका धनराज गुरुङले २२ हजार ४८० मतसहित अग्रता लिएका छन् । नेकपा एमालेकी सचिव पद्मा अर्यालले २० हजार २६७ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङको पक्षमा ७ हजार २३८ मत छ । गुरुङभन्दा अर्याल २२१३ मत अन्तरले पछि छिन् ।
बाजुरामा पनि नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे ११ हजार ७३६ मतसहित अगाडि छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ८ हजार ८५२ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर २ हजार २२४ छ ।
दोलखामा माओवादी केन्द्रका गङ्गाबहादुर कार्की ७ हजार ९९५ मतसहित अग्रस्थानमा छन् भने एमालेका बालकृष्ण सिवाकोटीले ७ हजार २९५ मत प्राप्त गर्नुभएको छ । उनीहरुबीचको मत अन्तर ७०० रहेको छ ।









