१० मंसीर

इलाम । पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ क्रमिक रुपले मतगणनामा पछि परेका छन् ।

इलाम क्षेत्र नम्बर २ मा  १८ सय मतान्तरले अगाडि रहेका नेम्वाङ पछिल्लो मतपरिणाम अनुसार १३४ मतले मात्र अगाडि रहेका छन् ।  कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले इलाम नगरपालिकाको वडा नम्बर ४ र ५  को मतगणना हुदा धेरै मत घटाएका हुन् ।

अब इलाम नगरपालिकाको वडा नम्बर १, २, ३ को मतगणना हुन बाँकी छ । एमालेका उम्मेदवार नेम्वाङ २७ हजार ६८६ मत ल्याएर अग्रस्थानमा छन् भने कांग्रेसका उम्मेदवार  खड्का २७ हजार ८१९ मतका साथ पछ्याइ रहेका छन् ।