२३ कार्तिक
विहादी । संयुक्त गठबन्धनको चुनाव प्रचारप्रसार सम्पर्क कार्यलय विहादी गाउँपालिकामा स्थानपना गरिएको छ । आज एक कार्यक्रमका विच गठबन्धनका प्रदेश सभा ख पर्वतका उम्मेदवार ऋषिकेश तिवारीले कार्यलयको उदघाटन गर्नुभएको हो । कार्यलय उदघाटन गर्दै उम्मेदवार ऋषिकेश तिवारीले आफु राजनीतिक जिवनमा पहिलो पटक जनताबाट अनुमोदित हुने अवसर पाएकाले जनताले विवेकपुर्ण फैसला गर्नेछन् भन्नेमा विश्वास लिएको बताउनुभयो ।
नेता तिवारीले आफ्नो उम्मेदवारी कुरा र गफको खेती गर्नका लागि मात्रै नभएको बताउनुभयो । उहाँले काम गर्ने र पर्वतको विकास र समउन्नतिका लागि आफु संगै गठबन्धनको उम्मेदवारी रहेको बताउनुभयो । गाउँको विकास कसरी गर्न सकिने रहेछ भनेर आम जनता र विगतका जितेर गएर गाउँ नफर्किने नेतालाई देखाउन चाहेको बताउनुभयो । आफ्नो लामो राजनीति सामाजिक जिवन र अध्ययनलाई जिल्लाको विकाससंग जोड्न आम मतदाताको मत आवस्यक रहेकाले सबैलाई मंसिर ४ मा आफुलाई रुख चिन्हमा मत दिन आग्रह गर्नुभयो ।
नेकपा माओवादीका प्रतिनिधि सभा समानुपातिक उम्मेदवार मनरुपा शर्माले मंसिर ४ सम्म सबै जना आफु नै उम्मेदवार हुँ भनेर लाग्न र गठबन्धनका उम्मेदवारहरुलाई भोट दिएर बिजय गराउन आग्रह गर्नुभयो । नेकपा माओवादी केन्द्रिय सल्लाहकार समिती सदस्य जय नारायण तिवारी, नेपाली कांग्रेस पर्वतका सह सचीव तिलक भुसाल, नेपाली कांग्रेस पर्वत प्रदेश ख का सचीव ठाकुर रसाईली, कांग्रेसका प्रदेश सदस्य आनन्द भुसाल,नेपाली कांग्रेस महाशिलाका सचीव द्रोणराज पौडेल लगातले आफ्नो भनाइ राख्नुभएको थियो ।
नेपाली कांग्रेस बिहादी ४ उहाकीका सभापति गोकुल भुसालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेपाली कांग्रेस बिहादीका सदस्य गुणाखर न्यौपानेले गर्नुभएको थियो । त्यस्तै गठबन्धनका उम्मेदवारको चुनावी भेटघाट सोमबार देखी बिहादी र पैयुँ गाउँपालिकाका विभिन्न वार्ड तथा टोलमा चलिरहेको छ । गठबन्धनका प्रदेश सभा सदस्य कांग्रेसका नेता ऋषिकेश तिवारी सहित नेताहरू दक्षिणी गाउँमा छन ।








