१६ कार्तिक
वाजुङ। संयुक्त गठवन्धनको चुनावी अभियान अन्तर्गत वुधवार मोदी गाउँपालिका वडा नं. ५ वाजुङमा घरदैलो भेटघाट तथा विभिन्न स्थानमा कोणसभाहरु सम्पन्न भएका छन् ।
घरदैलोका क्रममा वाजुङवासी जनताले मोदी गाउँपालिकामा नेकपा एमालेको नेतृत्व रहेको तर जनताको समस्यालाई ध्यान नदिएको गुनासो राख्नु भएको छ । प्रतिनिधि सभा सदस्य उम्मेदवार अर्जुन प्रसाद जोशी तथा प्रदेश सभा सदस्य उम्मेदवार घरदैलोमा जाँदा वाजुङवासीले वितेको ५ वर्ष आँफुहरु जनप्रतिनिधी विहिन भएको महशुस गरेको वताउदै यस पटक गठवन्धनलाई मतदान गरेर विजय गराउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
जनताको आवाजलाई संवोधन गर्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार अर्जुन प्रसाद जोशीले विगतमा कांग्रेसको पहलमा थालनि भएका विकास पुर्वधारलाई पुर्णता दिदै जनताको जीविकालाई सहज वनाउन शिक्षा, स्वास्थ्य, खानेपानिका साथै आर्थिक विकासका लागि गठवन्धनलाई मतदान गर्न आह्वान गर्नु भयो । यसै गरी गठवन्धनका प्रदेश सभा सदस्य उम्मेदवार सुदिप कुँवरले नेकपा एमालेको संविधान विरोधी प्रवृत्तिका विरुद्ध संविधानको रक्षा र देशको समृद्धीका लागि गठवन्धन भएको भन्दै गणतन्त्र विरोधी पाटी र त्यस्ता पाटीका उम्मेदवारले भौगोलिक निकटताका आधारमा मत माग्न नमिल्ने तथा मतदाताले मतदान गर्न नहुने वताउनु भयो । कार्यक्रममा नेकपा एकिकृत समाजवादीका समानुपातिक उम्मेद्वार विजय गुरुङले के।पी। ओलिको अधिनायकवादलाई सहन नसकी नेकपा एमाले परित्याग गरेर आज गठवन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गर्दै आएको वताउनु भयो ।
कार्यक्रममा नेकपा माओवादीका केन्द्रिय सदस्य गुप्त वहादुर हमाल, मनोहरी तिमिल्सना, पुर्व प्रदेश सभा सदस्य ललितकला गुरुङ, नेकपा एकिकृत समाजवादीका समानुपातिक उम्मेदवार संगिता सुवेदी, नेपाल समाजवादी पाटीका केन्द्रीय सदस्य देवी लामिछाने, नेका गण्डकी प्रदेश सदस्य कुल वहादुर पुन, नेकपा माओवादी गण्डकी प्रदेश सदस्य गंगा तिमिल्सिना, नेपाली कांग्रेस जिल्ला सदस्य राम वहादुर प्रसाईं, कुनपा दुईका वडा अध्यक्ष लालकृष्ण वास्तोला, जिल्ला निर्वाचन अनुगमन समितिका सदस्य गणेश वहादुर क्षेत्री, उद्योग व्यापार विभागका केन्द्रिय सदस्य विप्लप हमाल, ने।का प्रदेश क का उपसभापति दुर्गा पौडेल, मोदी सभापति निर्दोश लामिछाने, नेकपा समाजवादी मोदीका सचिव सन्तोष गुरुङ, ने।वि संघ पर्वतका सभापती सन्तोष पाठक लगायतले पाँच दलिय गठवन्धन संविधानको रक्षा र राष्ट्रिय सम्वृद्धीका लागि भएको भन्दै गठवन्धनका उम्मेदवारहरुलाई विजयी गराउन घरदैलो तथा जनता भेटघाटका क्रममा आह्वान गर्नु भएको छ ।
घरदैलो पश्चात् आयोजित पहिलो कार्यक्रम नेपाली कांग्रेस मोदी -५ का कार्यवाहक सभापति मीन वहादुर ए।सी। को अध्यक्षता, नेपाली काँग्रेसका नेता एवम् निर्वाचन अनुगमन समितिका संयोजक विश्व प्रकाश प्रसाईको स्वागत एवम् नेकपा माओवादीका मोदी संयोजक कृष्ण वहादुर सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसै गरी नेकपा माओवादी मोदी-५ का अध्यक्ष गणेश सुवेदीको अध्यक्षता, क्षेत्रिय प्रतिनिधि पशुपति वि.क. को स्वागत एवम् ने.का. मोदी-५ का सचिव चन्द्र प्रकाश पौडेलको सञ्चालनमा अर्को कोणसभा सम्पन्न भएका छन् ।
कोणसभामा महिला अगुवा मन्जु सुवेदी एवम् क्षेत्रिय प्रतिनिधि हेमराज कुँवरले स्थानीय समुदायको समस्या प्रस्तुत गर्नु भएको थियो ।








