३ असोज

पर्वत । शारीरिक,मानसिक,व्यबहारिक र सामाजिक कारणहरुले आफै समाप्त हुनुलाई आत्महत्या अथवा देहत्याग भनिन्छ । हुन त आत्महत्या जुनसुकै उमेरका व्यक्तिले गर्ने भए पनि पछिल्लो तथ्यांक नियाल्ने हो भने आत्महत्या विशेष गरी १५ देखि २९ वर्ष उमेरका युवाहरुमा बढी रहेको छ । विश्वमा प्रत्येक वर्ष ७ लाखले आत्महत्या गर्नेगरेको तथ्याड्कले देखाएको छ । नेपालमा पनि आत्महत्या वढिरहेको अवस्था छ ।


नेपाल प्रहरीको कार्ययोजना २०७९ को मुख्य योजना गतिबिधिको रुपमा रहेको आत्महत्या न्युनिकरण योजना कार्यान्वयन स्वरुप देशभर बढ्दो आत्महत्या दरलाई न्युनिकरण गर्न सर्वपक्षिय सहभागितामा आम नगारिकलाई सुसुचित गराउने उद्देश्य अनुरुप पर्वत जिल्लामा हिजो लोकतन्त्रचोक वाट शुरुभएको –याली उद्योग वाणिज्य संघको सभाहलमा गएर सभामा परिणत भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्वतले प्रस्तुत गरेको तथ्याड्क वमोजिम आ व ०७८/०७९ मा ९२ जनाले पर्वत जिल्लामा आत्महत्या गरेको जनाएको छ । आत्महत्या विभिन्न कारणले हुने गरेता पनि पर्वतको तथ्यााड्कमा यो डरलाग्दो देखिएको छ । आत्महत्यालाई रोकथाम गर्नका लागी मनोपरामर्श गर्ने,सकरात्मक कार्यका लागी मनलाई उत्प्रेरित गर्ने,महोत्वकाक्षा नराख्ने लगायतका कृयाकलापले पनि आत्मत्या न्यूनिकरणमा सहयोग पु-याउन सक्दछ ।


उक्त कायक्रममा फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी,प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, व्रमाकुमारी विश्वविद्यालय कुश्माकी संचालिका राधिका लगायतले हात्महत्या न्यूनिकरणका विषयमा मन्तव्य राखेका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरिक्षक मधुसुधन न्यौपानेको अध्यक्षता र संचालन वरिष्ठ प्रहरी सहायक निरिक्षक मोहन खड्काले गरेका थिए ।


उक्त कार्यक्रममा जनप्रतिनिधिहरु,नागरिक समाजका संघसंस्थाहरु, विद्यार्थीहरु र सरकारी कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।