१७ भदौ

नेपाली जनसम्पर्क समिति इजरायलले बाच्छाका जनप्रतिनिधि स्वर्गीय दिपक गुरुङको परिवारलाई  आर्थिक सहयोग गरेको छ । समितिको छैठौं स्थापना दिवसको अवसरमा आयोजित जलयात्राको अवसरमा उक्त रकम सहयोग गरेको हो । जलयात्राको क्रममा संकलन गरिएको ५० हजार रुपयाँ नेपाल तरुण दल विहादी गाउँपालिका १ का सभापति एवंम निर्वाचित वडा सदस्य स्वार्गिय दिपक गुरुङको परिवारलाई हस्तान्तरण गरेको हो । उनको करेन्ट लागेर मृत्युभए पछि ८६ बािर्षय आमा,श्रीमती र ३ जना स–साना वच्चा सहितको परिवारलाई दैनिकी चलाउन र वच्चाहरुलाई पठनपाठनमा आर्थिक अभाव भएको थियो । नेपाली जनसम्पर्क समिति इजरायलका निर्वतमान  उपसभापति एवम महाधिवेशन प्रतिनिधि राजेन्द्र  खनालको प्रस्तावमा उक्त सहयोग संकलन गरिएको थियो ।
जनताको साथमा काँग्रेस अभियान शुभारम्भ कार्यक्रममा आज उक्त सहयोग रकम नेपाली काँग्रेसका निर्वतमान केन्द्रिय सदस्य अुर्जनप्रसाद जोशी,केन्द्रिय सदस्य चम्पा देवी खड्का,नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङ,महाधिवेशन प्रतिनिधि मुना भूषाल,नेपाली काँग्रेस क्षत्रिय सभापति एवंम विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले उक्त रकम हस्तान्तरण गरेका थिए । स्वर्गीय दिपक गुरुङका श्रीमती मुना गुरुङलाई उक्त रकम हस्तान्तरण गरिएको थियो । महाधिवेशन प्रतिनिधि मुना भूषालले विदेशी भूमिमा रहेर पनि नेपालीहरुलाई अपातमा परेको समयमा सहयोग गर्ने नेपाली जनसम्पर्क समिति इजरायल परिवारलाई आभार ब्यक्त गरेकी थिइ्न । नेपाली जनसम्पर्क समिति इजरायलका सभापति दिपिका भूषालले आफु विदेशी भूमिमा रहेर पनि स्वदेशभित्र अप्ठ्यारोमा परेकालाई समितिले सक्दो सहयोग गर्ने जानकारी गराईन । सभापति  भूषालले विगतमा पनि अन्य आपतकालिन अवस्थामा समेत सहयोग गर्दै आइरहेकी छिन् । नेपाली काँग्रेसका जिल्ला कार्यसमिति पर्वतकी सदस्य वाच्छा निवासीलक्ष्मी आचार्यले समेत समितिलाई सहयोग गर्न अनुरोध गरेकी हुन् । निवर्तमान उपसभापति एवम महाधिवेशन प्रतिनिधि राजेन्द्र खनालले आगामी दिनहरुमा अन्यलाई असहज भएमा यसरी नै नेपाली जनसम्पर्क समिति इजरायलसँग सहकार्य गर्ने विश्वास ब्यक्त गरेका छन् ।