३ भदौं
पर्वत । जलजला गाउँपालिका ७ धाईरिङमा गत साउन २३ गते विद्युतिय दुर्घटनामा परि मृत्यु भएकी सिता के.सी का परिवार र बाख्रा फार्ममा क्षति भएका प्रताप आचार्यलाइ गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । मृतक सीता केसीका पति सूर्य बहादुर के.सीलाई ७५ हजार नगद र बाख्रा फार्मका सञ्चालक आचार्यलाइ ४० हजार नगर प्रदान भएको हो ।
गाउँपालिकाको विपत व्यवस्थापन समितिको निर्णय अनुसार उक्त रकम सहयोग भएको हो । सहयोग हस्तान्तरण गर्दै संविधानसभा सदस्य तथा नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशीले मृत आत्माको चिरशान्तिको कामना सहित परिवारजनमा गहिरो समवेदना प्रकट गरेका थिए ।
उनले नेपाल विद्युत प्राधिकरण केन्द्रलाई जिल्लामा धिकरणले गरेको सम्झौता अक्षरम्श कार्यान्वयन गर्न पहल गर्ने वताए । विद्युतिय उपकरण प्रयोग गर्नुपूर्व सचेत हुन सवैलाई अनुरोध गरेका थिए ।
समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जिसिले विपतका कारण भएको क्षतिलाई केहि हद सम्म् पुरा गर्नका लागी थप पहल गर्ने बताए । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले उक्त दुखद घटनाले गाउं नै चिन्तित बनाएको वताए । क्षतिमा परेको परिवारको उत्थानमा जलजला गाउँपालिका लागिरहेको भन्दै अन्य सहयोगका लागी थप पहल गर्ने बताए ।
उनले गाउँपालिकाले घाइते भएकाहरुको उपचार गरिरहेको बताउँदै नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरि रहेको वताए । धाईरिड्मा विगत १२ दिनदेखि विद्युत सेवा सुचारु हुनसकेको छैन् । एक सय परिवारका घरका विद्युतिय उपकरणमा क्षति पुगेको छ । नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रले क्षतिग्रस्त घरका विद्युतिय उपकरण मर्मत गर्दै विद्युत प्रवाह गर्ने तयारी गरेको छ । सहयोग हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य,प्रदेश सभामुख नेत्रनाथ अधिकारीका स्वकिय सचिव लोकराज आचार्यलगायतको उपस्थिति थियो । नेपाल विद्युत प्राधिकरण पर्वतको लापरकबाहीले उच्च मात्रको विद्युत प्रसारण हुदा उक्त घटना घटेको हो ।









