१ भदौ
पर्वत । कुश्मा नगरपालिका वडा न २ खुर्कोट स्वास्थ्य चौकि र वडा कार्यालयले २६ वर्ष सेवा गरेका स्वास्थ्य चौकीका कर्मचारी नन्दकेशर शर्मालाई मायाको चिनो सहित विदाई गरेको छ । उहांले उमेर हदका कारण अवकास पाउनुभएको थियो । कर्मचारी सेवा नियमावली अनुसार उहांले ५८ वर्षमा स्वतह अवकास पाउनु भएको थियो । उहांले २३ वर्ष खुर्कोट स्वास्थ्य चौकीमा नै रहेर कार्य गर्नु भएको थियो । गाउंमा शिवजि डाक्टर भनेर चिनिने नन्दकेशर शर्माको सेवालाई गाउंलेले धेरै रुचाएका थिए । ज्वरो आउदा होस वा स्वास्थ्य संवन्धि समस्या पर्दा साविक ५ देखी ९ वडाका जनताले उहांलाई नै सल्लाह लिने गर्दथे ।


त्यसै गरि साविक वडा नंं ४ मा कार्यरत स्वास्थ्य स्वयमसेविका कमला रेग्मीलाई पनि स्वास्थ्य चौकी र वडा कार्यालयले विदाई गरेको छ । उमेर हदका कारण उहांले पनि अवकास पाउनु भएको हो । स्वास्थ्य स्वयम सेविकाले ६० वर्ष सम्म सेवा गर्न पाउने कानुनि व्यवस्था रहेको छ । उहांले निशुल्क रुपमा वडामा सेवा गर्दै आउनु भएको थियो । उहांको कार्यको सम्मान गर्दै वडा कार्यालयले १० हजार नगद सहित दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
उक्त सम्मान तथा विदाई कार्यक्रममा कर्मचारी युनियनका केन्द्रिय सदस्या तथा स्वास्थ्यकर्मी संघ पर्वतका अध्यक्ष यम प्रसाद शर्माले खुर्कोट स्वास्थ्य चौकीमा दुवै जनाले पु-याएको सेवाको उच्च प्रशंसा गर्नुभएको थियो । नन्दकेशर शर्मा जस्ले स्वास्थ्य कार्यालयमा इमान्दारीता पुर्वक सेवा पु-याउनु भएको जानकारी गराउनु भयो । त्यसै गरि कठिन परिस्थितिमा पनि निशुल्क वडामा सेवा पु-याउने स्वस्थ्य स्वयम सेविका कमला रेग्मीलाई पनि धन्यवाद ज्ञापन गर्नु भयो । दुवै जनाको अवकाश प्राप्त जिवनलाई थप समाज सेवामा लगाउन आग्रह गर्नु भयो ।
उक्त कार्यक्रममा वडा अध्यक्ष लालकृष्ण शर्मा वास्तोला,स्वस्थ्यचौकीको तर्फ वाट स्वस्थ्य चौकी प्रमुख टेकनाथ सुवेदी, गिता शर्मा,वनहर्टका सन्ध्या वस्नेत,स्वस्थ्य स्वयमसेविका वालकुमारी रेग्मी, लगायतले अवकाश प्राप्त जिवन थप सुखमय र समाजसेवामा थप कृयाशिल हुन आग्रह गरेका थिए ।
विदाई भएर जानलाग्नुभएका नन्दकेशर शर्मा र स्वस्थ्य स्वयमसेवीका कमला रेग्मीले अवकास प्राप्त जिवनलाई थप समाजसेवामा लगाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष लालकृष्ण शर्मा वास्तोलाको अध्यक्षतामा संपन्न कार्यक्रमको संचालन स्वस्थ्य चौकी प्रमुख टेकनाथ सुवेदीले गर्नुभएको थियो ।