२६ साउन

पोखरा । कास्की प्रहरीले अवैध लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका -२ बागलुङ बसपार्क नजिकै चिसाखोला जाने सडक खण्डमा प्रहरीले गरेको चेक जाँचका क्रममा लागु औषधसहित म्याग्दी घर भइ हाल पोखरा -३ नदिपुर बस्दै आएका २८ वर्षीय माईकल भनिने दिपक पुनलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

कार्यालयका अनुसार प्रहरीले पुनको साथबाट नुर्फिन-२५ एम्पुल,डाईजापाम-२५एम्पुल र फेनरागन-२६ एम्पुल गरि जम्मा ७६ एम्पुल लागु औषध लगायत सामसुङ, आईफोन र ओप्पो ब्राण्डका मोवाइल एक -एक थान सहित नगद ८ हजार बरामद गरेको छ।
उनीमाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ।