२ साउन
सोमबार बिहानैदेखि काठमाडौं उपत्यकासहित बागमती प्रदेश, प्रदेश १, गण्डकी प्रदेशका थोरै स्थान र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
मनसुनको न्युन चापीय रेखा हाल पनि सरदर स्थानभन्दा दक्षिण तिर रहेकाले मनसुन सक्रिय हुन नसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो पहाडी भू–भागका थोरै स्थान र बाँकी भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
यस्तै आज राति सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार आज दिउँसो पहाडी भू–भागका थोरै स्थान र बाँकी भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
यस्तै आज राति सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मंगलबार भने मनसुन केही सक्रिय भएर देशका विभिन्न क्षेत्रमा वर्षा हुनसक्ने छ। विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मंगलबार वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।









