२० असार
पर्वत । नेपाली काँग्रेस पर्वतले बर्खायामको विपदबाट हुनसक्ने मानवीय र भौतिक क्षतिबाट जोगिनका लागी सतर्क रहन सबैलाई आग्रह गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतले आईतवार प्रेस बिज्ञप्ति जारी गदै बर्षायाममा बाढी पहिरोको कारण धनजनको क्षति हुने भएकाले सम्पूर्ण पर्वतवासी दाजुभाई तथा दिदि बहिनीहरुलाई सचेत रहन र बढि जोखिमयुक्त ठाउँमा सावधानीका उपाय अपनाउन आग्रह गरेको छ ।
काँग्रेसले बर्षायाममा बाढि पहिरोबाट आम नागरिकको सुरक्षाको लागि पार्टीका सम्पूर्ण तहका नेता तथा कार्यकर्ता र पार्टीका क्षेत्रीय समिति, नगर/पालिकाका कार्य समिति, वडा कार्य समिति र भातृ तथा शुभेच्छुक संस्थाहरुलाई उद्धार र राहतकार्यमा खटिन अनुरोध समेत गरेको छ ।
दैवि घटना आकष्मिक रुपमा हुने भएकाले यस्तो अवस्थामा आम नागरिकको धनजनको सुरक्षा र उद्दारका लागि सहयोग पु¥याउनु हामी सबैको कर्तव्य हो, सभापति युवराज जोशी र सचिव गुप्तनिधी शर्माद्धारा जारी हस्ताक्षर बिज्ञप्तिमा भनिएको छ । ‘विशेष गरि पहाडी भु–भागमा बर्षातको बेला वाढी पहिरो जानसक्ने भएको हुदा खोला नदि किनारमा रहेका बस्तीहरु बढि जोखिमयुक्त हुने भएकोले सावधानी अपनाउन पनि आग्रह गर्दछौँ ।
त्यसै गरि नेपाल सरकारलाई विपदमा पर्नसक्ने जोखिमयुक्त वस्तिमा सुरक्षा अपनाउन र विपदको वेला तत्काल उद्धार र राहातको व्यवस्था सर्न समेत अनुरोध गरेको छ ।
नेपाली काँग्रेस पर्वतले बाढि पहिरो पीडितहरुको उद्धार, सहयोग र राहातका लागि पार्टीका नेता तथा कार्यकर्तालाई सहयोग पु¥याउन र प्रभावित क्षेत्रबारे जिल्ला कार्य समितिलाई जानकारी गराउन पनि अनुरोध गरेको छ ।










