१८ असार
पर्वत । जिल्ला खेलकुद विकास समिति पर्वतकाे अायाेजनामा भएकाे ११ अाैँ राष्ट्रपति रनिङ शिल्डमा चलखेल भएकाे भन्दै खेलमा सहभागी बिधार्थीहरुले आन्दाेलन गरेका छन्। असार १६ र १७ गते दुई दिन भएकाे खेलकुदमा ४०० मिटरकाे छात्रा रिले दाैडमा प्रथम स्थानमा आएकाे भए पनि शिल्ड तथा मेडल वितरण गर्ने बेलामा तेस्राे स्थानमा रहेकाे घाेषणा गरिएकाे भन्दै आफूहरु आन्दाेलनमा उत्रिएकाे आन्दाेनमा सहभागी कुश्माकाे नारायण माध्यमिक विधालयका बिधार्थीहरुले बताएका छन।
खेलमा राजनितिकरण गरेर आयाेजकले चाहेकाे बिधालयलाई अगाडि लैजानकै लागि प्रथम भएकाे समुहलाई तेस्राे भनी घाेषणाा गरेकाे उनिहरु बताउँछन। खेल भएकै बेलामा समय टिपेकाे कागज नै नदेखाई जबरजस्ती रुपमा घाेषणा गरिएकाे खेलमा सहभागी बिधार्थीहरु बताउँछन। जुन ईभेन्टकाे खेल भयाे त्यही बेलामा नतिजा प्रकाशन नगरी गाेप्य राखेर अन्तिममा एकै पटक आफू अनुकुल हुने गरि घाेषणा गरिनुले अाफूहरुमाथि अन्याय भएकाे उनीहरुकाे भनाई छ।
जुन ईभेन्टकाे खेल सकिन्छ त्यही बेलामा आफू सहितका अन्य बिधालयहरुले पनि नतिजा माग गर्दा अहिले हेर्न नमिल्ने भन्दै लुकाउने गरिनु, जिल्लाका सिमित बिधालयलाई मात्र सहभागिताका लागि पत्र पठाउनु, मध्य असारमा खेलकाे आयाेजना गर्नु लगायतका कारणले पनि खेलमा षडयन्त्र भएकाे अान्दाेलनकारी बिधार्थीहरुकाे भनाई छ।
सबै ईभन्टकाे हिसाब गर्दा आफुहरु दाेस्राे स्थानमा आउनुपर्ने भए पनि तेस्राेमा राखिएकाे भन्दै उनिहरुले आफुहरुलाई दिइएका केही पदक र प्रमाणपत्रहरु समेत आयाेजक जिल्ला खेलकुद बिकास समितिलाई फिर्ता गरेकाे बिधार्थीकाे भनाई छ। कार्यक्रम स्थलमा अआयाेजकका बिरुद्ध नाराबाजी गर्दै निस्केका बिधार्थीहरु कुश्माकाे बगैँचाचाेक नजिकै रहेकाे समितिकाे कार्यालय अगाडि नाराबाजी सहित धर्नामा बसेका थिए।









