४ असार
पर्वत । कुश्मा नगरपालिका वडा न २ खुर्कोटका वडा अध्यक्ष राहात लिएर घरमा नै पुगेका छन् । साविक वडा नं. ८ मा जेठ ३१ गते भुकम्पको पराकम्पन वाट पवित्रा पुरीको घर भत्केको थियो । उक्त घर २०७२ सालको भुकम्पले चर्किएको थियो । सुख्खा पहिरो गएर घरमा मानव वस्न सक्ने अवस्था नभए पनि अर्को वासस्थान गर्ने स्थान नभएकाले आधा गाह्रो भत्किए पनि पवित्रा पुरीको ३ जनाको परिवार उक्त घरमा नै वसिरहेको थियो । प्रहरी मुचुल्कामा सामान्य क्षति उल्लेख गरिए पनि उक्त घर पूर्णरुपमा क्षती भएको छ । हाल केहि मर्मत गरेर वस्ने वनाउन थालिए पनि उक्त घर पुनरनिर्माण गनुपर्ने अवस्था देखिएको छ ।


वडाको सिमित श्रोतका कारण पनि तत्कालीन मर्मतका लागी २० हजार नगद लिएर घरमा नै वडा अध्यक्ष पुग्दा पुरीको परिवार खुशि भएको छ । वडा अध्यक्षले प्रहरी मुचुल्का सच्चाई पूर्ण क्षतीमा उल्लेख गर्नुपर्ने वताउनु भयो । तत्कालिन राहात यो रकम भएकाले थप सहयोगका लगाी आफु तत्पर रहेको वताउनु भयो ।
उक्त राहात हस्तान्तरण कार्यक्रममा क्रममा वडा सदस्य भिम निधि रेग्मी,लोकतान्त्रिक गैरसरकारी संस्थामहासंघका जिल्ला अध्यक्ष गणेश वहादुर क्षेत्री,चौतर्फी विकास श्रोत मन्चका अध्यक्ष कालिका प्रसाद शर्मा,नेपाली कांग्रेस वडा कार्यसमितिका उपसभापती हरी प्रसाद रेग्मी,सामाजिक परिचालक सचिना पुरी लगायतको उपस्थिति रहेको थियो ।

पवित्रा पुरीले उक्त घर २०६८ सालमा लक्ष्मी क्षेत्रीवाट १२ लाखमा किनेर वस्नु भएको थियो । घर पक्कीखालको देखिएता पनि भुकम्पले हल्लाएर चकिएको थियो ।