४ असार
पर्वत । कुश्मा नगरपालिकामा आ व ०७९/८० का लागी योजना छनौट प्रकृया शुरु भएको छ । कुश्मा नगरपालिका वडा न २ खुर्कोटले वस्ति वस्तीमा पुगेर माग संकलन गरी योजना छनौट गर्न थालेको छ । वडा अध्यक्ष लालकृष्ण वास्तोलाको अध्यक्षतामा सम्पन्न भेलाले खुर्कोटका साविक ७,८ र ९ वडामा टोल भेला गरी योजना माग गरेको छ । साविक वडाहरु ७,८ र ९ मा पर्ने साझा योजनाहरु छमर्के,छिपछिपे कोटगाउं भूजेलथान सडक,समिकोट वाझाखेत वोडिस्वारा सडक,एक घर एक धारा र साविक ८ मा स्वास्थ्य सहरी केन्द्र स्थापनाका लागी साझा योजना छनौट गरेको छ ।

भेलामा वडा अध्यक्ष वास्तोलाले आफुले चुनावमा गरेका प्रतिवद्धताहरुको अलवा यहांहरुले माग गरेका थप योजनाहरु पुरा गर्ने तर्फ लाग्ने वताउनू भयो । नगर र वडाको सिमित श्रोत साधानले सवै मागहरु संवोधन गर्न नसकिने भएकाले संघ,प्रदेश र नगरपालिकामा योजना पेश गरि केहि हद सम्म भए पनि माग पुरा गर्ने जानकारी दिनु भयो । यी मागहरु आगामी आ व मा सम्पन्न नभए पनि ५ वर्ष भित्र सम्पन्न गर्ने जानकारी गराउनु भयो । संघ सरकार वाट अग्रज नेताहरु संविधान सभा सदस्य अर्जुन प्रसाद जोशी,कुश्मा नगरका मेयर रामचन्द्र जोशी,खुर्कोटवासी निजामती कर्मचारी नारायण वास्तोला लगायतको पहलमा छमर्के छिपछिपे कोटगाउं सडक निर्माणका लागी ६७ लाख वजेट विनियोजन भएको जानकारी गराउदै,प्रदेश सरकार वाट थानपती,कोटगाउं सडकका लागी थप वजेट माग गरिएको र साविक वडा न. ८ मा सहरी स्वस्थ्य केन्द्र थापनाका लागी प्रोसेसमा गएको जानकारी गराउनु भयो ।


प्रदेश सरकारवाट थप योजनाहरु समेत माग गरिएकाले योजनामा समावेश भए नभएको जानकारी प्राप्त हुन वांकी रहेको र विगत देखि संचालनमा आएको एक घर एक धारा तुरुन्त संचालन गरि आगामाी आ व मा सम्पन्न गर्ने समेत जानकारी गराउनु भयो ।

कार्यक्रममा सहभागी उपभोक्ताहरुले एक घर एक धाराको काम ढिला भएको वताएका थिए । साविक वडाहरु ७,८ र ९ वाट भित्रि सडकहरु,पदमार्ग,सिचाई,आयआर्जका लागी र विद्यालयका लागी झण्डै ३ दर्जन योजना माग गरेका छन् ।
कार्यक्रममा वडा सदस्य भिम निधि रेग्मी,लोकतान्त्रिक गैरसरकारी संस्थामहासंघका जिल्ला अध्यक्ष गणेश वहादुर क्षेत्री वहादुर क्षेत्री,चौतर्फी विकास श्रोत मन्चका अध्यक्ष कालिका प्रसाद शर्मा,नेपाली कांग्रेस वडा कार्यसमितिका उपसभापती हरी प्रसाद रेग्मी,सामाजिक परिचालक सचिना पुरी लगायतको उपस्थिति रहेको थियो ।