३१ जेठ

पर्वत । पूर्व सासद तथा नेपाली काँग्रेसका पूर्व मुख्यसचिव ऋषिकेश तिवारीले ग्रामिण क्षेत्रका वासिन्दालाई उद्यमी बनाएर मात्र मुलकमा आर्थिक समृद्धि सम्भव हुने बताएका छन् ।

विहादी गाउँपालिका ३ रानीपानीमा संचालित आयआर्जनका लागि उद्यमशिलता तथा नेतृत्व विकास तालिमको समापन कार्यक्रममा बोल्दै उनले स्थानीय परम्परागत सिपलाई लघु उद्यमको रुपमा विकास गरेर व्यवसायिकरण गर्न निर्वाचित जनप्रतिनिधिलाई समेत उनले आग्रह गरे । स्थानीय तहमा गरिबी निवारण तथा रोजगार सिर्जनाको लागि लघु उद्याम विकासले आयआर्जन गर्दै उद्यमशिलता प्राप्त हुने बताए ।

तिवारीले नेतृत्व लिन प्रश्न गर्नसक्नुपर्ने बताए । उनले हामीले चुनेका अहिले सम्मका प्रतिनिधिहरुसँग प्रश्न गर्न सके मात्रै सवल र सक्षम नागरिक भइने बताए । उनले उद्यमीलाई आयकरमा पाउने छुट लगायत राज्यले दिने सहयोग तथा प्रोत्साहनको उपयोग गर्न अभिप्रेरित गर्नुपर्ने बताए । तल्लो तहमा समेत उद्यामशिलता विकास स्थानीय तहको प्रथामिकतामा हुनुपर्ने बताए । समापन समारोहमा बोल्दै प्रशिक्षकभवानीप्रसाद शर्माले तालिमबाट प्राप्त ज्ञानलाइ अवसरका रुपमा रुपान्तरण गर्न प्रशिक्षार्थीलाइ सुझाव दिए । उनले विहादी गाउँपालिका पर्वतको तराइका रुपमा रहेको भन्दै प्रयाप्त उत्पादनमा लाग्नसके बजार पाउन कुनै समस्या नहुने सुनाए । उनले सवैलाइ दिनचर्या सहज बनाउन उद्यमशिलता अंगालन अनुरोध गरेका थिए ।

यस्तै,नेपाली काँग्रेसका नेता प्रेम विकले सो अवसरमा बोल्दै सिप भएका स्थानीयलाई निःशुल्क उद्योग दर्ता गर्ने अभियान नै स्थानीय तहमा सञ्चालन गरेर उद्यम विकासलाई अघि बढाउनु अनुरोध गरेका थिए ।