पहिरो,गल्छी र खोल्सा खोल्सीमा रोपौं,डालेघांस नेपियर,अम्रिसो र बांस ।
भू-क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाईवस्तुहरुलाई हुन्छ घांस । ।
ग्रमिण सडक खन्दा जथाभावी डोजर नलगाऔं ।
भिराला पहाड,खेतवारी र वस्तीमा आपत विपत ननिम्ताऔं । ।
बर्षातको भल,पानीको उचित व्यवस्थापन गरौं ।
भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऔं । ।
प्राकृतिक श्रोतहरु माटो,पानी र वनस्पती ।
संरक्षण गरौं यिनको,यिनै हुन हाम्रा सम्पती । ।
माटो पानी र रुख विरुवाहरुको संरक्षण र सम्मान ।
यसैमा निहित छ मिहेनती गण्डकी प्रदेशवासीको उत्थान । ।
दिवाकर पौडेल
वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत
भू तथा जलाधार व्यवस्थापन कार्यालय, पर्वत
फोन न. ०६७–४२०११७,४२०१२५








