३० जेठ
पर्वत । नेपाली कांग्रेस कुश्मा नगरपालिका वडा न २ खुर्कोटका पूर्व सभापती छत्रराज रेग्मीको निधनमा शोक सभा सम्पन्न भएको छ । शोक सभामा मन्तव्य राख्दै नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य अर्जुन प्रसाद जोशीले असल मान्छे गुमाउदा घरपरिवार मात्र नभई समाजलाई नै क्षति पुगेको वताउनु भयो । रेग्मीले पार्टी र समाजका लागी शारिरीक रुपमा अशक्त हुदा समेत आवाज उठाईरहनु भएको स्मरण गर्नुभयो ।

रेग्मी स्पष्ट वक्ता,निडर,कुशल संगठनकर्ता भएको वताउनु भयो । उहांको निधनले खुर्कोट र पाड्ले कुशल संगठनकर्ता नेपाली कांग्रेसले गुमाएको वताउनु भयो । जोशीले यस दुखद घडीमा शोकसम्तव्ध परिवारमा गहिरो समावेदना प्रकट गर्दै परिवारको साथमा जहिले पनि आफु र सिड्गो नेपाली कांग्रेस रहेको जानकारी दिनु भयो । नेपाली कांग्रेस र खुर्कोटको विकासका लागी उहांले पु-याएको योगदानको पार्टीले उच्च मुल्याड्कन गर्ने वताउनु भयो ।

शोकसभामा कुश्मा नगरपालिका वडा न २ का वडा अध्यक्ष लालकृष्ण वास्तोला र परिवारको तर्फवाट प्रेम प्रसाद रेग्मी लगायतले शोक मन्तव्य राख्नु भएको थियो । शोक सभामा नेपाली कांग्रेस पर्वत जिल्ला कार्यसमितिका उपसभापती डा चुडामणी शर्मा,शिव प्रसाद सुवेदी,जिल्ला सचिव गुप्तनिधि शर्मा लगायत नेपाली कांग्रेसका नेता,कार्यकर्ता तथा शुभेक्षुकहरुको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेस खुर्कोटका वडा सभापती तिर्थ प्रसाद शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन वडा सचिव पदम वास्तोलाले गरेका थिए । छत्रराज रेग्मीको जेठ २४ गते ७५ वर्षको उमेरमा निधन भएको थियो ।









