२५ जेठ

पर्वत । देशमा प्राप्त परिवर्तन, उपलब्धी र लोकतन्त्रको रक्षाका लागि सबैले आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने पर्वतको फलेवासमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । जीपी फाउण्डेशन नेपाल पर्वतले बुधवार फलेवासमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा वक्ताहरुले उक्त कुरा बताएका हुन् । कार्यक्रममा जीपी कोईराला फाउण्डेशनका विभिन्न गतिबिधी संगै वर्तमान उपलब्धीहरुको बारेमा चर्चा परिचर्चा गरिएको थियो ।

कार्यक्रममा स्थानीय स्तरमा समाबेशीकरण, योजना कार्यान्वयन, नेतृत्व विकास, नेपालमा गणतन्त्र स्थापना र त्यसका लागि भएका योगदानको बारेमा चर्चा गरिएको थियो । जीपी कोईराला फाउण्डेशन नेपाल पर्वतका संयोजक बसन्तवहादुर सिके, दलित संघ पर्वतका अध्यक्ष यामवहादुर परियार, सामाजिक विकास कार्यालय पर्वतका प्रमुख मोहनचन्द्र सुबेदीले प्रशिक्षण सञ्चालन गर्नुभएको थियो ।

फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले राजनीतिक आन्दोलन बाट प्राप्त उपलब्धीको रक्षा र लोकतन्त्रको सवलीकरणमा जोड दिनुभयो । उहाँले देशको विकास र जनताको अधिकार रक्षार्थ आन्दोलनको नेतृत्व गर्ने नेताहरुको सम्मान गर्दै अहिले उपभोग गर्दै आएको अधिकारहरु लाई सवल बनाउनुपर्ने उल्लेख गर्नुभएको थियो । उहाँले फलेवास नगरपालिकाले लोकतन्त्रको सहि रुपमा कार्यान्वयन गर्ने प्रयास गरिरहेको बताउनुभएको थियो ।

उपप्रमुख शोभाकुमारी क्षेत्री, नेपाली काँग्रेसका जिल्ला सचिव गुप्तनिधी शर्मा, नेपाली काँग्रेस फलेवास नगरपालिकाका सभापति हिरामणी सापकोटा, फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद श्रेष्ठ, फलेवास नगरपालिका ३ का वडाध्यक्ष अर्जुनवहादुर केसी, वडा नम्बर ८ का अध्यक्ष मनबहादुर कुँवर, वडा नम्बर ९ का अध्यक्ष हितमान गुरुङ लगायतले बोल्नुभएको थियो । यसैबिच फलेवासमा नेपाली काँग्रेस नगर समितिले अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरेको छ ।

पार्टीको विविध विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । नगर सभापति हिरामणी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख गंगाधर तिवारी, प्रदेश सदस्य यज्ञवहादुर थापा, महाधिबेशन प्रतिनिधी रेखा गुरुङ, वडाध्यक्षहरु अर्जुनवहादुर केसी र हितमान गुरुङ लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन नगर पार्टी सचिव धनवहादुर थापाले गर्नुभएको थियो ।