२७ वैशाख
काठमाडौं । श्रीलंका सोमबारदेखि तनावग्रस्त बनेको छ । हिंश्रक प्रदर्शनमा आधा दर्जनबढीको ज्यान गइसकेको छ भने दुई सय बढी घाइते भएका छन् । यो स्थिति हेर्दा आर्थिक संकटको चपेटामा परेको श्रीलंका गृहयुद्धतिर धकेलिएको विश्लेषण गरिएको छ ।
सोमबार प्रधानमन्त्री महिन्दा राजापाक्षेले विपक्षीको दबाबमा पदबाट राजीनामा दिएपछि एकाएक श्रीलंकाका अधिकांश क्षेत्रमा हिंसा फैलिएको छ । उनको राजीनामापछि दुःखी भएका समर्थकले एकाएक हिंसात्मक घटना गराएका छन् । त्यसपछि विपक्षीसमेत उग्र बनेका छन् । जसले जहाँ भेट्यो त्यहीँ सिध्याउने खेलमा लागेका छन् ।
राजापाक्षेका समर्थकले कोलम्बो छाडेर जाने कोसिस गरेपछि उनीहरुमा गाडीमा ठाउँठाउँमा निशाना बनाएर तोडफोड गरिएको छ । प्रदर्शनकारीहरुले राजपक्षको पुर्ख्यौली घरसमेत आगो लगाएर जलाइदिएका छन् । कोलम्बोमा पूर्व मन्त्री जोन्सन फर्नान्डोलाई कारसहित तालमा फ्याँकिएको छ । अहिलेसम्म १२ बढी मन्त्रीहरुका घर जलाइसकिएको छ । प्रधानमन्त्रीको आधिकारिक आवास ‘टेम्पल ट्री’ को मुख्य गेट तोडेर ट्रकमा आगो लगाइएको छ ।
त्यसपछि आवासभित्र गोलीबारीसमेत भएको छ । भीड नियन्त्रण गर्न प्रहरीले थुप्रै सेल अश्रुग्यास र हवाइफायर गरेको छ ।









