२२ वैशाख
पर्वत । पर्वतको कुश्मा नगरपालिका २ मा चुनाव प्रचारप्रसार गर्नका लागी घरदैलो गर्दै हिडेको नेपाली काँग्रेसका उम्मेदवार सहितको टोलीलाई हातपात गर्ने प्रयास गरिएको छ । साविक वडा नं. २ का स्थानिय वावुराम नेपालीले सार्वाजनिक चौतारीमा भोट माग्दै हिडेको टोलीका सदस्यहरुलाई अप शव्द वोली होच्चाएका थिए । सार्वाजनिक चौतारीमा समेत वस्न नपाईने,पार्र्टीको झण्डा ओढेर हिड्न नपाईने भन्दै घरदैलो गर्न हिडेका कार्यकर्तालाई गालिगलौच गरेका थिए । नेपाली कांग्रेसले सवैलाई ज्याला दिएर हिडाएको आरोप लगाउदै निर्वाचन प्रचार प्रसारगर्न हिडेको टोलीलाई अवरोध सिर्जना गरेका थिए । त्यसैक्रममा उक्त टोली विच सामान्य भनाभन हुदा निज वावुराम नेपाली उत्तेजनामा आई ढुड्गा उठाएर तरुणदलका सदस्य हरी कुमाल माथी आक्रमण गरेका थिए ।
उनको आक्रमण वाट हरी कुमालको टाउकोमा चोट लागेको प्रत्यक्षदर्शी श्याम कुमार जोशीले वताए । वावुराम नेपालीले आक्रमण गरेर भागेका थिए । चुनाव प्रचार प्रसार गर्न हिडेको झण्डै १ सय जनाको टोली प्रतिआक्रमणमा नलागी प्रहरीलाई निवेदन गरेको थियो । नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार लालकृष्ण वास्तोलको अनुरोधमा तरुणदलका युवाहरु प्रतिआक्रमणवाट पछि हटेका थिए । प्रहरीले आक्रमणकर्तालाई उनको घरवाटनै हिजै गिरप्तार गरी जिल्ला प्रहरी कार्यालय पर्वतमा लगेको छ । घाईतेको घाउजांच गरि ल्याएको र घटनाको यथार्थविवरण पत्तालगाई आवश्यक कार्वाहि गरिने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक शिवराज वुढाथोकीले वताए ।
निज आक्रमणकारी एमाले समर्थक भएको वुझिन आएको छ । शान्तिपूर्ण रुपमा चुनावी अभियानमा हिडेको नेपाली कांग्रेसको टोलीमाथी आक्रमणको प्रयास गर्नु दुःखत भएको नेपाली कांग्रेस खुर्कोटका वडा सभापती तिर्थ प्रसाद शर्माले वताए ।









