cWoIf …k|r08Ú cfkmgf] egfO /fVb} sf7df8f}F, !^ k'; M g]kfn sDo'lgi6 kf6L{ -dfcf]jfbL s]G›_ sf] cf7f}F /fli6«o dxflwj]zgsf] 5}7f}F lbgsf] aGbzqdf ;d"x 5nkmndf p7]sf k|Zgsf] hjfkm;lxt cfˆgf] egfO JoQm ub}}{ kf6L{ cWoIf k'iksdn bfxfn …k|r08Ú . t:jL/ M /Tg >]i7÷ /f;;=

२९ चैत्र

काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले सत्ता गठबन्धन गर्ने नगर्ने विषयलाई खुला गरेको छ । माओवादी केन्द्रले सोमबार राति जारी गरेको आन्तरिक परिपत्रमा दलसँग तालमेल हुन नसकेका स्थानीय तहमा गठबन्धन दलसँगै चुनावी प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आए पार्टी केन्द्रको अनिवार्य स्वीकृति लिनुपर्ने भन्दै गठबन्धनलाई अनिवार्य नगरेको हो ।

माओवादी पार्टीले गठबन्धन वा तालमेलका लागि प्राथमिकताका साथ जोड गर्ने तर केही स्थानमा गठबन्धन हुन नसक्ने अवस्था आएमा स्थानीय तहबाटै निर्णय गर्ने अधिकारसहित निर्देशन जारी गरेको हो ।

‘स्थानीय तहका कार्यकर्ताहरुले एमालेसँग मिलेर जाने अवस्था रहेको स्थानमा एमालेसँगै मिल्नुपर्ने बताएकाले यस्तो निर्देशन जारी गरिएको हो’, माओवादी उच्च स्रोतले भन्यो । स्रोतका अनुसार गण्डकी, लुम्बिनी र प्रदेश १ का अधिकांश स्थानमा माओवादीले एमालेसँग अनौपचारिक रुपमा तालमेल गर्न सक्ने अवस्था रहेका कारण यस्तो निर्देशन जारी गर्नु परेको हो ।

‘गठबन्धनकै दलहरुबीच प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आए केन्द्रको स्वीकृति लिनुपर्नेछ’, स्रोतले भन्यो ‘कांग्रेसले छाड्ने अवस्था नआएपछि बाध्य भएर यस्तो निर्देशन जारी गर्नु परेको हो ।